default_image

2 years ago

June 25, 2023

खेल नसकीदै ओमान र स्कटल्यान्ड सुपर सिक्समा

271 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप छनोटमा स्कटल्यान्डसँगको खेल जारी रहँदा ओमान भने सुपर सिक्समा पुग्ने पक्का भएको छ । ओमान र स्कटल्यान्डबीचको खेल जारी छ । तर अर्को खेलमा श्रीलंकाले आयरल्यान्डलाई १ सय ३३ रनको फराकिलो अन्तरले पराजित गरेपछि ओमान र स्कटल्यान्डले सुपर सिक्स खेल्ने पक्का भएको छ ।

समूह बी मा श्रीलंका ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । स्कटल्यान्ड २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । ओमान ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ । यी दुई टोलीले सुपर सिक्स खेल्ने पक्का भएको छ ।

आयरल्यान्ड लगातार तीन खेलका साथ समूह चरणबाटै बारिएको छ । त्यस्तै युएई पनि लगातार तीन हारको साथ समूह चरणबाटै बाहिरिएको थियो । आयरल्यान्ड र युएईले समूह चरणको अन्तिम खेल मंगलबार हुनेछ । उक्त नतिजापछि कुन टोलीले चौथो र पुछारमा रहँदै प्लेअफ खेल्ने निर्धारण हुनेछ ।

समूह ए बाट जिम्बावे, वेस्टइन्डिज र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन् । नेपाल ४ खेलमा २ अंकका साथ चौथो स्थानमा रहँदै बाहिरिएको छ । अमेरिका सुरुवाती तीन खेलमा हारका साथ बाहिरिएको छ ।

सोमबार अमेरिका र वेस्टइन्डिजबीचको खेलले चौथो र पुछारमा रहने टोली थाहा हुनेछ । प्लेअफमा समूह ए को चौथो स्थानमा रहने टोलीले समूह बी को पुछारको टोलीसँग खेल्नेछ । समूह ए को पुछारको टोलीले समूह बी को चौथो स्थानमा रहने टोलीसँग खेल्नेछ । प्लेअफ ३० जुन देखी ६ जुलाई सम्म हुनेछ । यी दुई खेलको विजेता टोलीले ७ औं स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् । पराजित हुने टोलीले नवौं स्थानका लागि खेल्नेछन् ।

जितको लागि ३ सय २१ रनको विजयी लक्ष्य पछ्याएको ओमान यो समाचार तयार पार्न सम्म ४१.१ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको छ ।

त्यसअघि युवा ब्याटर ब्रेन्डन म्याकमुलेनको सानदार शतकमा स्कटल्यान्डले आइसिसी विश्वकप छनोटमा ओमानलाई ३ सय २१ रनको विशाल लक्ष्य दिएको छ । बुलावायो क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड निर्धारित ५० ओभरमा ३ सय २० रनमा अल आउट भएको थियो ।

स्कटल्यान्डका २३ वर्षीय युवा खेलाडी ब्रेन्डन म्याकमुलेनले १ सय २१ बलमा १४ चौका र ३ छक्कासहित १ सय ३६ रनको सानदार शतकीय इनिङ खेले । उनको यो करिअरको पहिलो शतक हो । ओमानका तीव्र गतिका बलर बिलाल खानले १० ओभरमा २ मेडनसहित ५५ रन खर्चेर ५ विकेट लिएका थिए ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.