default_image

2 years ago

June 25, 2023

विश्वकपमा पुग्न वेस्टइन्डिजलाई नेपालसँगको फराकिलो जित काम नलाग्ने

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप छनोटमा वेस्टइन्डिजलाई विश्वकपमा पुग्न नेपालसँगको फराकिलो जित काम नलाग्ने भएको छ । नेपाल सुपर सिक्समा स्थान बनाउन नसकेपछि उक्त जित विश्वकपमा पुग्न वेस्टइन्डिजलाई काम नलाग्ने भएको छ ।

समूह ए बाट वेस्टइन्डिज, जिम्बावे र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन् । सुपर सिक्समा आफ्नो समूहबाट जाने टोलीबीचको नतिजामात्रै गणना गरिन्छ । त्यसैले वेस्टइन्डिजले सुपर सिक्समा नेपालमाथिको जितको अंक पाउने छैन । सुपर सिक्समा जिम्बावेले ४ अंक पाउनेछ । उसले वेस्टइन्डिज र नेदरल्यान्ड्स दुबैलाई हराएको छ ।

सोमबार वेस्टइन्डिज र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेता टोलीले २ अंक र पराजित हुने टोली अंक विहीन हुँदै सुपर सिक्समा पुग्नेछ । समूह बी बाट ओमान, स्कटल्यान्ड र श्रीलंका आउने उच्च सम्भावनाछ । सुपर सिक्समा समूह बीबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । जसमा शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन् ।

यदि कुनै दुई टोलीबीचको अंक समान भएमा खेलमा सर्वाधिक धेरै जित हेरिन्छ । सर्वाधिक जित सुपर सिक्समा आउने टोलीबीचको मात्रै हुनेछ । उदाहरणलाई सर्वाधिक जित हेर्दा वेस्टइन्डिजलाई नेपाल र अमेरिकाविरुद्धको जित कुनै काम लाग्ने छैन । जिम्बावेलाई वेस्टइन्डिज र नेदरल्यान्ड्समाथिको जित काम लाग्नेछ ।

सुपर सिक्समा आएका टोलीको मात्रै जित हेरिनेछ । त्यो पनि बराबर भएमा सुपर सिक्समा आएका टोलीबीचको समूह चरणको नेटरनरेट पनि हेरिनेछ । जसमा वेस्टइन्डिजलाई नेपालसँग १ सय १ रनको फराकिलो जितको कुनै अर्थ हुनेछैन । समूह एबाट जिम्बावे, वेस्टइन्डिज र नेदरल्यान्ड्सबीचको नतिजाको नेटरनरेट मात्रै हेरिनेछ ।

यदि सुपर सिक्समा पुगेका टोलीबीचको नेटरनरेट पनि बराबर भएमा हेड टु हेड हेरिनेछ । सुपर सिक्समा आएका टोलीबीचको खेलमा विजेता टोली विश्वकपमा पुग्नेछ । नेपाल समूह चरणबाटै बाहिरिएको हुँदा उसको कुनैपनि नतिजा विश्वकपमा पुग्न वेस्टइन्डिजलाई काम नलाग्ने भएको हो ।

वेस्टइन्डिज विश्वकपमा पुग्न सुपर सिक्सका सबै खेल जित्नुपर्ने दबाब बढेको छ । जिम्बावेसँग ३५ रनले पराजित भएपछि केहि कठिन बनेको छ । यदि सुपर सिक्समा तीन मध्य एक खेलमा पराजित भएमा भने वेस्टइन्डिजको विश्वकप सपना धेरै कठिन बन्नेछ । उता जिम्बावेलाई विश्वकप खेल्न सुपर सिक्समा दुई जित पर्याप्त बन्नसक्ने देखिएको छ । समूह बी बाट श्रीलंका ४ अंकका साथ आउने उच्च सम्भावनाछ ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.