2 years ago
June 24, 2023
एजेन्सी – घरेलु टोली जिम्बावेले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ । शनिबार आइसिसी विश्वकप छनोटमा वेस्टइन्डिजलाई ३५ रनले पराजित गरेपछि विश्वकप सम्भावना मजबुत बनाएको हो ।
समूह ए बाट जिम्बावे सुपर सिक्समा ४ अंकका साथ जानेछ । जिम्बावेले समूह ए बाट पुगेका वेस्टइन्डिज र नेदरल्यान्ड्स दुबैलाई हराएको छ । त्यसैले सुपर सिक्समा जिम्बावेको समूह चरणको ४ अंक गणना हुनेछ ।
समूह बी बाट श्रीलंका, ओमान, स्कटल्यान्ड र आयरल्यान्ड मध्य तीन टोली आउनेछन् । यो अवस्थामा जिम्बावेले उक्त तीन टोलीलाई पराजित गर्दा १० अंक हुन्छ । सुपर सिक्समा समूह बी बाट आउने तीनै टोलीलाई हराएको खण्डमा अपराजितका साथ विश्वकप खेल्न पाउनेछ । तर जिम्बावे एक टोलीसँग पराजित भएमा ८ अंक हुनेछ ।
वेस्टइन्डिज भने ८ अंकमा पुग्न सुपर सिक्समा तीनै खेल जित्नुपर्छ । समूह चरणको अन्तिम खेलमा सोमबार नेदरल्यान्ड्सलाई पराजित गरे सुपर सिक्समा २ अंकका साथ वेस्टइन्डिज जानेछ ।
यदि बराबर अंक भएमा सुपर सिक्समा पुगेका टोलीबीच नम्बर अफ विन हेरिनेछ । नम्बर अफ विन पनि बराबर भएमा सुपर सिक्स पुगेका टोलीबीचको नेटरनरेट हेरिनेछ । नेटरनरेट बराबर भएमा हेड टु हेड हेरिनेछ ।
समूह चरणबाट ४ अंक लगेर जाने भएपछि जिम्बावेको विश्वकप यात्रा तुलनात्मक रुपमा बलियो बनेको हो । जिम्बावेले पछिल्लो पटक २०१५ मा अष्ट्रेलिया र न्युजिल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकप खेलेको थियो । २०१९ को इंग्ल्यान्ड विश्वकप भने गुमाएको थियो ।
२०१९ मा भने जिम्बावे घरेलु मैदानमा सम्पन्न विश्वकप छनोटमा तेस्रो स्थानमा रहँदै बाहिरिएको थियो । त्यो समय अफगानिस्तान र वेस्टइन्डिज शीर्ष दुईमा रहँदै विश्वकप खेलेका थिए । जिम्बावेले १९८३ देखी २०१५ सम्म लगातार विश्वकप खेलेको थियो ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]