default_image

2 years ago

June 24, 2023

जिम्बावेले वेस्टइन्डिजलाई हरायो

152 views

0 Bookmark

एजेन्सी – अलराउन्डर सिकन्दर राजाको अलराउन्ड प्रदर्शनमा घरेलु टोली जिम्बावेले आइसिसी विश्वकप छनोटमा वेस्टइन्डिजलाई ३५ रनले हराएको छ । यो जितसँगै जिम्बावे सुपर फोरमा चार अंकका साथ जाने पक्का भएको छ ।

जितको लागि २ सय ६९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज २ सय ३३ रनमा अल आउट भयो । वेस्टइन्डिजका ओपनर कायल मेयर्सले ७२ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ५६ रनको योगदान दिए । अर्का ओपनर ब्रेन्डन किंग २० रनमा आउट भए । निकोलस पुरन ३६ बलमा ३ चौका र २ छक्कासहित ३४, हाई होप ३०, जोनसन चाल्र्स १, ब्रेन्डन किंग २० र जेसन होल्डर १९ रनमा आउट भए ।

जिम्बावेका तीव्र गतिका बलर टेन्डाई चताराले ९.४ ओभरमा ५२ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । सिकन्दर राजा, ब्लेसिङ मुर्जाबानी र रिचर्ड नगारावाले समान दुई विकेट लिए ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावे ४९.५ ओभरमा २ सय ६८ रनमा अल आउट भएको थियो । जिम्बावेका सिकन्दर राजजाले ५८ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६८ रन बनाए ।

रायन बर्लले ५७ बलमा ५ चौका र १ छक्कासहित ५० रनमा आउट भए । ओपनर क्रेग इर्विन ५८ बलमा ७ चौकासहित ४७ र सन विलियम्स २३ रनमा आउट भए ।

वेस्टइन्डिजका किमो पलले १० ओभरमा ६१ रन खर्चेर ३ विकेट लिए । अल्जारी जोशेफ र अकिल हुसैनले समान दुई विकेट लिए ।

जिम्बावे ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । समूह ए बाट जिम्बावे, वेस्टइन्डिज र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन् । जिम्बावेले वेस्टइन्डिज र नेदरल्यान्ड्स दुबैलाई हराएको हुँदा सुपर सिक्समा उसको ४ अंक गणना गरिनेछ ।

जिम्बावेले अन्तिम खेल सोमबार अमेरिकासँग खेल्नेछ । वेस्टइन्डिजले सोमबार नै नेदरल्यान्ड्ससँग खेल्नेछ । सुपर सिक्समा दुई अंकका लागी नेदरल्यान्ड्स र वेस्टइन्डिजबीचको नतिजा निकै महत्वपूर्ण हुनेछ ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.