default_image

2 years ago

June 24, 2023

‘सर्ट बलविरुद्ध योजना थियो, सफल भएनौं’ – कप्तान रोहित

180 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आइसीसी विश्वकप छनोटको अन्तिम लिग खेलमा नेदरल्यान्ड्सविरुद्ध हार बेहोरेपछि सर्ट बलविरुद्ध टोलीको योजना सफल हुन नसकेको बताएका छन् ।

नेदरल्यान्ड्सविरुद्ध शनिबार ७ विकेटको हार बेहोरेसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना सकिएको हो । यससँगै नेपालले सन् २०२३ मै भारतमा हुने विश्वकप नखेल्ने पनि पक्का भएको छ । वेस्टइन्डिज विरुद्ध निकै संघर्ष गरेको सर्ट बलको समस्या आज पनि नेपाली टोलीका लागि घातक बन्यो ।

कप्तान रोहितले सर्ट बलका लागि योजना बनाएको भएपनि त्यसमा सफल हुन सकेको बताए । ‘हामीले सर्ट बल कसरी खेल्ने योजना बनाएका थियौं । तर त्यसमा सफल हुन सकेनौं । अब आजको गल्तीबाट सिकेर अन्य खेलमा राम्रो प्रदर्शन गर्नेछौं,’ उनले भने ।

नेपालले अब प्रतियोगिताको सातौं देखि दशौं स्थान निर्धारणका लागि आफ्नो समूहको अमेरिका र अर्को समूहको पुछारको दुई टोलीसँग खेल्नेछ । कप्तान रोहितले विश्वकप छनोटको अनुभव टोलीका लागि निकै महत्त्वपूर्ण रहेको बताए ।

‘हाम्रो लागि विश्वकप छनोटको अनुभव नै निकै महत्त्वपूर्ण थियो । धेरै सिक्ने अवसर पायौं । राम्रो टोलीको सामना गर्न पायौं । अब प्लेअफको खेलमा राम्रो प्रदर्शन गर्नेछौं,’ उनले थपे ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.