2 years ago
June 24, 2023
काठमाडौं(हाम्रो खेलकुद) – नेदरल्यान्ड्सले आइसिसी विश्वकप छनोटमा नेपालले प्रस्तुत गरेको सामान्य विजयी लक्ष्य पछ्याउनेक्रममा सानदार ब्याटिङ प्रदर्शन गरेको छ । जितको लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १२ ओभरमा कुनै विकेट नगुमाई ८० रन बनाएको छ ।
नेदरल्यान्ड्सका म्याक्स ओडाउड ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा क्रिजमा छन् । उनलाई विक्रमजित सिंहले ४० बलमा ३ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे ।
म्याक्स ओडाउडले ३० बलमै अर्धशतक प्रहार गरेका थिए ।
त्यसअघि जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४४.३ ओभरमा १ सय ६७ रनमा अल आउट भयो ।
नेपालका कप्तान रोहित पौडेलले ५५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३३ रनको योगदान दिए । अन्तिम विकेटको रुपमा आउट भएका सन्दीपले ३३ बलमा ४ चौकासहित २७ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेदरल्यान्ड्सका तीव्र गतिका बलर लोगन भान बीकले ९।३ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ४ विकेट लिए । बास डि लिडे र बिक्रमजित सिंहले समान दुई विकेट लिए ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]