default_image

1 year ago

June 24, 2023

रोहित ५० औं ओडिआई खेल्ने पहिलो नेपाली खेलाडी

440 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल ओडिआईमा ५० औं खेल खेल्ने पहिलो नेपालको खेलाडी बनेका छन् । आइसिसी विश्वकप छनोटमा नेदरल्यान्ड्सविरुद्ध रोहितको ५० औं खेल पूरा भएको हो ।

रोहित ओडिआईमा नेपालबाट ५० औं ओडिआई खेल्ने पहिलो खेलाडी बनेका हुन् । रोहितपछि नेपालबाट सर्वाधिक धेरै दीपेन्द्रसिंह ऐरीको यो ४८ औं र सन्दीप लामिछानेको ४७ औं ओडिआई खेल हो ।

सोमपाल कामीले नेपालबाट ४७ ओडिआई खेल खेलेका छन् । जिम्बावेविरुद्ध घाइते नभएको भए उनले रोहितसँगै ५० औं ओडिआई खेल पूरा गर्ने थिए ।

२० वर्षीय रोहितले नेपालबाट ४९ ओडिआई खेलमा १ शतक र ८ अर्धशतकसहित १४ सय ३ रन बनाएका छन् । उनी नेपालबाट ओडिआईमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी हुन् । उनी नेपालबाट कुनैपनि अन्तर्राष्ट्रिय खेलमा एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले २०२२ मा पपुवा न्युगिनीविरुद्ध १ सय २६ रनको कीर्तिमानी इनिङ खेलेका थिए ।

रोहित गतवर्ष नेपालको कप्तान बनेका थिए । उनले २०१८ अगष्ट ३ मा नेदरल्यान्ड्सविरुद्ध नै ओडिआईमा डेब्यू गरेका थिए । नेपालले नेदरल्यान्ड्ससँग टस हारेर पहिला ब्याटिङ गर्दैछ । शीर्ष तीनमा रहँदै सुपर सिक्समा स्थान बनाउन नेपालले यस खेल जित्नै पर्ने हुन्छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.