default_image

1 year ago

June 24, 2023

नेपालले टस हार्यो

199 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गन आफ्नो समूह चरण अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध निकै महत्वपूर्ण टस हारेको छ । ताकाशिंगा स्पोर्ट्स क्लबमा भर्खर सम्पन्न टसमा नेदरल्यान्ड्सका कप्तान स्कर्ट एड्वार्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालले केहि समयमा ब्याटिङमा मैदान उत्रर्नेछ ।

नेपालले आजको खेलमा टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । वेस्ट इन्डिजसँगको टोलीलाई निरन्तरता दिएको छ । नेपालले पछिल्ला दुई खेलमा टोलीमा परिवर्तन नगरेको हो ।

तीव्र गतिका बलर सोमपाल कामी भने जिम्बावेसँग खेलमा घाइते हुँदा फिट छैनन् । उनको स्थानमा नेपालले ललितनारायण राजवंशीलाई मौका दिएको थियो । त्यसपछि नेपालले टोलीमा परिवर्तन गरेको छैन । दुबै टोली लक्ष्य पछ्याउँदा राम्रो ब्याटिङ गर्दछन् । नेदरल्यान्ड्सको पहिलो रोजाईको बलिङ आक्रामण नहुँदा लक्ष्य पछ्याउँदा नै उसलाई बढी फाइदा मिल्न सक्छ ।

नेपाललाई समूह ए बाट शीर्ष तीनमा रहँदै सुपर सिक्समा पुग्न यस खेल जित्नै पर्ने हुन्छ । नेपाल पराजित भएको खण्डमा भने समूह चरणबाटै बाहिरिने पक्का हुनेछ । उता नेदरल्यान्ड्स नेपाललाई हराउँदै सुपर सिक्समा स्थान पक्का गर्न चाहन्छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

अमेरिकालाई ६ विकेटले हराएको थियो । उता नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित हुँदा अमेरिकालाई ५ विकेटले हराएको थियो । नेपाल सुपर सिक्समा पुग्न नेदरल्यान्ड्स अन्तिम खेलमा सोमबार वेस्ट इन्डिजसँग पराजित हुनुपर्ने हुन्छ । नेपालले फिल्डिङ, पावर प्लेपछि उत्कृष्ट बलिङ, डेथ ओभरको कमजोरी सुधार र उत्कृष्ट ब्याटिङ गर्नुपर्ने हुन्छ ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर) कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.