2 years ago
June 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका प्रमुख तीव्र गतिका बलर सोमपाल कामीले आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध पनि खेल्न नसक्ने भएका छन् । सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने खेलमा सोमपालले खेल्न नसक्ने भएका हुन् ।
गत आइतबार जिम्बावेसँगको खेलको क्रममा घाइते भएका सोमपालले अमेरिका र वेस्ट इन्डिजसँगको खेल गुमाएका थिए । जिम्बावेविरुद्ध ३४ औं ओभरको तेस्रो बलमा जिम्बावेका ब्याटर सन विलियम्सले प्रहार गरेको शट रोक्नेक्रममा उनको दायाँ हातको बुढी औंलामा लाग्न पुगेको थियो ।
नेपाली क्रिकेट टोलीको स्रोतका अनुसार सोमपालको बुढी औंलाको साइटमा काट्न पुगेको छ । त्यसैको कारण उनको हातको बुढी औलाको साइटमा दुई वटा टाँका लगाईएको छ । उनलाई चिकित्सकले एक हप्ता विश्राम गर्न भनेका छन् । उनले आगमी आइतबारपछि टाँका खोल्ने सम्भावना छ । त्यसैले सोमपालले नेदरल्यान्ड्सविरुद्धको खेल पनि खेल्न सक्ने भएका हुन् ।
यदि नेपाल सुपर सिक्समा पुगेको खण्डमा भने सोमपाल फिट हुने छन् । नेपाल समूह चरणबाटै बाहिरिएपनि छैटौं देखी १० औं नम्बरसम्मको स्थानको लागि दुई खेल खेल्न पाउनेछ । उक्त प्लेअफका दुई खेल वा सुपर सिक्समा तीन खेलमा सोमपाल फिट हुने सम्भावना रहेको बुझिएको छ ।
नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले पराजित भएको थियो । अमेरिकालाई ६ विकेटले हराएको थियो । उता नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित हुँदा अमेरिकालाई ५ विकेटले हराएको थियो । नेपाल सुपर सिक्समा पुग्न आजको खेलमा विजयीसँगै नेदरल्यान्ड्स अन्तिम खेलमा सोमबार वेस्ट इन्डिजसँग पराजित हुनुपर्ने हुन्छ ।
February 5, 2025
भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]