default_image

1 year ago

June 23, 2023

नेपालको नेदरल्यान्ड्सविरुद्ध सम्भावित प्लेइङ-११

231 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेल शनिबार नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ मा जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

सुपर सिक्समा पुग्न नेपालले नेदरल्यान्ड्सलाई हराउन बाहेक अन्य कुनै विकल्प छैन । यदि नेपाल पराजित भएको खण्डमा समूह चरणबाटै बाहिरिने पक्का हुनेछ । तर विजयी भएमा सुपर सिक्समा पुग्ने उच्च सम्भावना हुनेछ । अन्तिम खेलमा नेदरल्यान्ड्सले सोमबार वेस्ट इन्डिजसँग पनि हार्नुपर्ने हुन्छ ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार व्येहोर्न पुगेको थियो । उता नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाललाई हराउँदा नेदरल्यान्ड्स औपचारिक रुपमा सुपर सिक्समा पुग्नेछ ।

इंग्ल्यान्डको घरेलु क्रिकेट काउन्टीले नछोड्दा नेदरल्यान्ड्सका प्रमुख पहिलो रोजाईका बलर टोलीमा छैनन् । तर पनि डच टोलीको कुनै भर हुँदैन । दक्षिण अफ्रिकामा अभ्यास खेलमा नेदरल्यान्ड्ससँग नेपाल पराजित भएको थियो । पछिल्लो समय नेदरल्यान्ड्सले नेपालले भन्दा माथिल्लो स्तरको १२ टेस्ट टोली सहभागी सुपर लिग खेलेको थियो । प्रमुख खेलाडी नभएपनि नेदरल्यान्ड्स नेपाललाई स्तब्ध पार्न सक्छ । त्यसैले नेपाल सचेतका साथ उत्कृष्ट क्रिकेट खेल्नुपर्ने हुन्छ ।

नेपालले वेस्टइन्डिजको खेलबाट टोलीमा परिवर्तन गर्ने कुनै सम्भावना छैन । तीव्र गतिका बलरमा करण केसी र गुलशन झा हुनेछन् । यी दुई तीव्र गतिका बलरले राम्रो प्रदर्शन गर्दै आएका छन् । सोमपाल कामी भने अझै फिट भएका छैनन् । तेस्रो तीव्र गतिका बलरमा आरिफ शेख हुनेछन् ।

स्पिनरमा सन्दीप लामिछाने र ललित नारायण राजवंशी हुनेछन् । ललितले विश्वकप छनोटमा सानदार प्रदर्शन गरेका छन् । तर सन्दीपको प्रदर्शन अपेक्षा अनुसार छैन । सन्दीपले जिम्बावेसँग १० मा ७७, अमेरिकासँग १० ओभरमा ५८ र वेस्ट इन्डिजसँग १० ओभरमा ५१ रन खर्चिदा १ विकेट लिएका थिए । तीन खेलमा सन्दीपले एक विकेट मात्रै लिएका थिए । त्यसैले प्रमुख बलर सन्दीपबाट नेपाल उत्कृष्ट प्रदर्शन चाहन्छ । दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल पार्ट टाइम स्पिनर हुन् ।

नेपालको ब्याटिङक्रम पनि परिवर्तन गर्ने छैन । तर खेलको अवस्थामा भर पर्नेछ । सामान्य अवस्थामा ओपनिङ आसिफ र कुशल भुर्तेलले गर्नेछन् । तेस्रो नम्बरमा भीम सार्की, चौथो नम्बरमा रोहित पौडेल र पाँचौं नम्बरमा कुशल मल्ल हुनेछन् । छैटौंमा आरिफ, सातौंमा दीपेन्द्र र आठौंमा गुलशन झा हुनेछन् ।

करण केसी नवौं, सन्दीप दशौं र ललित-११ औं नम्बरमा हुनेछन् । नेपालको ब्याटिङ करण केसी सम्म राम्रो छ । अर्थात नेपालको ब्याटिङ नवौं नम्बर सम्म छ । यो अवस्थामा नेपालले खराब सुरुवात गर्दा पनि राम्रो योगफलमा पुग्न सक्छ ।

नेपाली टोलीमा परिवर्तनको कुनै आवश्यकता देखिदैन । नेपालले डेथ ओभर, मध्यक्रम बलिङ र फिल्डिङमा सुधार गर्न आवश्यक देखिन्छ ।

नेपालको सम्भावित प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर) कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.