default_image

1 year ago

June 23, 2023

युएई समूह चरणबाटै बाहिरियो

153 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप छनोटमा युएई लगातार तेस्रो हारका साथ समूह चरणबाटै बाहिरिएको छ । समूह ए को अमेरिकापछि समूह चरणबाटै बाहिरिने युएई दोस्रो टोली हो ।

समूह बीमा युएई जित्नै पर्ने खेलमा स्कटल्यान्डसँग १ सय ११ रनले पराजित हुँदै बाहिरिएको हो । जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको युएई १ सय ७१ रनमा अल आउट भयो ।

युएईका कप्तान मोहम्मद वासिमले ५७ बलमा ६ चौकासहित सर्वाधिक ३६ रन बनाए । त्यस्तै बासिल हामिद २९ बलमा २ चौका र २ छक्कासहित ३०, रोहन मुस्तफा १२, आसिफ खान १७, अली नासिर १९, आयन खान २१ र कार्तिक मयाप्पनले २३ रन बनाए ।

स्कटल्यान्डका शफ्यान शरिफले ६.३ ओभरमा १ मेडनसहित ३० रन खर्चेर सर्वाधिक ४ विकेट लिए । क्रिस सोलले ८ ओभरमा १ मेडनसहित ३७ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि बुलावायो एथ्लेटिक क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो । स्कटल्यान्डका कप्तान रिची बेरिंग्टनले १ सय ३६ बलमा ९ चौका र ३ छक्कासहित १ सय २७ रनको कप्तानी शतकीय इनिङ खेले । उनको यो ओडिआई करिअरको चौथो शतक र उत्कृष्ट प्रदर्शन हो ।

मार्क वाट ३१ बलमा ४ चौका र २ छक्कासहित ४४ रनमा नट आउट थिए । आठौं विकेटका लागि रिची र मार्क वाटले ६६ बलमा १ सय ९ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

स्कटल्यान्ड एक समय १४.५ ओभरमा ४८-४ को दयनीय अवस्थामा पुगेको थियो । पाँचौं विकेटका लागि रिचीले माइकल लिस्कसँग ६७ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । लिस्क ४६ बलमा ३ चौका र २ छक्कासहित ४१ रनमा आउट भए ।

युएईका तीव्र गतिका बलर जुनैद्ध सिद्दिकले १० ओभरमा ४९ रन खर्चेर ३ विकेट लिए । अली नासिरले ९ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए ।

युएई पहिलो खेलमा १ सय ७५ रन र ओमानसँग ५ विकेटले पराजित भएको थियो । युएईले अन्तिम खेल मंगलबार आयरल्यान्डसँग खेल्नेछ । यता स्कटल्यान्डको यो लगातार दोस्रो जित हो । समान दुई अंक भएपनि नेटरनरेटको कारण श्रीलंका शीर्षस्थानमा छ ।

स्कटल्यान्डले पहिलो खेलमा आयरल्यान्डलाई एक विकेटले हराएको थियो । स्कटल्यान्डले आइतबार ओमान र मंगलबार श्रीलंकासँग खेल्नेछ । स्कटल्यान्ड एक खेलमा विजयी भएमा सुपर सिक्समा पुग्नेछ । ओमानले पनि सुरुवाती दुई खेल जितेको थियो । स्कटल्यान्डलाई हराएको खण्डमा सुपर सिक्समा पुग्ने समिकरण छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.