2 years ago
June 23, 2023
एजेन्सी – उपाधिको दाबेदार पाकिस्तानले ८ सिनियर खेलाडी समेट्दै आगमी महिना श्रीलंकामा हुने एसिसी इमर्जिङ एसिया कप २०२३ एकदिवसीय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ । पाकिस्तानको टोलीबाट आक्रामक ब्याटिङ गर्दै आएका मोहम्मद हरिसको कप्तानीमा पाकिस्तानले टोली घोषणा गरेको छ ।
हरिसले पाकिस्तानबाट पाँच ओडिआई र ९ टि२० आई खेलेका छन् । गतवर्ष टि२० विश्वकपमा पाकिस्तानलाई फाइनल सम्म पुर्याउन २२ वर्षीय हरिसले सानदार प्रदर्शन गरेका थिए ।
उनी आक्रामक ब्याटिङका लागि चर्चित युवा खेलाडी हुन् । त्यसैको कारण बाबर आजम र मोहम्मद रिजवान मध्य एक ओपनरको स्थानमा उनलाई ओपनिङ गराउनु पर्ने पाकिस्तानमा माग समेत उठ्दै आएको छ । निडर रुपमा उनी खुलेर खेल्न रमाउँछन् ।
त्यस्तै तीव्र गतिका बलर शाहनवाज दाहानी पनि टोलीमा छन् । ६ फिट २ इन्च अग्ला कदका शाहनजाद दाहानीले पाकिस्तानबाट २ ओडिआई र ११ टि२० आई खेल खेलेका छन् ।
त्यस्तै पाकिस्तानबाट एक टि२० आई खेल खेलेका तीव्र गतिका बलर अर्शद इकबाल, एक ओडिआई खेल खेलेका कमरन घुलाम, दुई टेस्ट, १४ ओडिआई र २७ टि२० आई खेल खेलेका मोहम्मद वासिम जुयिनर पनि टोलीमा छन् ।
तीव्र गतिका बलर जुयिनर शाहिन शाह अफ्रिदी घाइते हुँदा पाकिस्तानबाट पहिलो रोजाईमा खेलेका थिए । उनी बाउन्सर र गतीको लागि चिनिन्छन् । उनी इमजिङ एसिया कप खेल्ने टोलीमा पाकिस्तानको सिनियर टोलीबाट धेरै खेल खेल्ने खेलाडी समेत हुन् ।
उनले पाकिस्तानबाट दुई टेस्ट विकेट, २४ ओडिआई र ३५ टि२० आई विकेट लिएका छन् । उनले तल्लोक्रममा त्यतिनै राम्रो ब्याटिङ समेत गर्ने गर्दछन् । त्यस्तै तीन टि२० आई खेल खेलेका शहिबजादा फहरन, ८ टि२० आई खेल खेलेका सैम अयुब र तयाब ताहिर टोलीमा छन् । ताहिरले टि२० आई खेल खेलेका छन् ।
सैम अयुब पाकिस्तानको विष्फोटक ब्याटरको भविष्य मानिएको छ । उनी आक्रामक सुरुवात दिलाउने गर्दछन् । २१ वर्षीय उनले छोटो समयमै ठूलो प्रभाव जमाई सकेका छन् ।
प्रतियोगिता आगमी जुलाई १४ देखी २३ सम्म श्रीलंकामा हुने प्रतियोगितामा नेपाल समूह ए मा छ । नेपाल, पाकिस्तान, भारत र श्रीलंका ए एकै समूहमा छन् ।
समूह बीमा ओमान, युएई, बंगलादेश, र अफगानिस्तान ए रहनेछन् । इमर्जिङ एसिया कपमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्नेछ । नेपाल र पाकिस्तान ए बी को पहिलो खेल १४ जुलाईमा खेल्नेछ । इमर्जिङ टिम्स एसिया कपमा टेस्ट टोलीका यू-२३ खेलाडी खेल्नेछन् ।
त्यस्तै पाकिस्तानको ए टोलीबाट सानदार प्रदर्शन गर्दै आएका विकेटकिपर हसिबुल्लाह खान, क्वाइस अक्रम र ओमैर बिन युसिफ पनि छन् । यी तीन ब्याटरले घरेलु क्रिकेटमा पनि लगातार सानदार प्रदर्शन गर्दै आएका छन् ।
पाकिस्तानको टोली :
मोहम्मद हरिस, ओमैर बिन युसुफ, अमद बट, अर्शद इकबाल, हसिबउल्लाह, कमरन घुलाम, मेहरान मुमताज, मुबासिर खान, मोहम्मद वासिम जुनियर, क्वास अक्रम, शहिबजादा फहरान, सैम अयुब, शाहनजाद दाहानी, सुफियान मकीम र तयाब ताहिर ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]