default_image

2 years ago

June 23, 2023

नेपाल, भारत, पाकिस्तान र श्रीलंका एकै समूहमा

327 views

0 Bookmark

एजेन्सी – एसिसी इमर्जिङ एसिया कप २०२३ एकदिवसीय प्रतियोगिता श्रीलंकामा हुने भएको छ । आगमी जुलाई १४ देखी २३ सम्म श्रीलंकामा हुने प्रतियोगितामा नेपाल समूह ए मा छ । नेपाल, पाकिस्तान, भारत र श्रीलंका ए एकै समूहमा रहनेछन् ।

तीन टेस्ट टोलीले भने इमर्जिङ एसिया कपमा आफ्नो ए टोली पठाउने छन् । समूह बीमा ओमान, युएई, बंगलादेश, र अफगानिस्तान ए रहनेछन् । इमर्जिङ एसिया कपमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्नेछ । नेपाल र पाकिस्तान ए बी को पहिलो खेल १४ जुलाईमा खेल्नेछ ।

नेपालले दुई महिना अघि घरेलु मैदान टियुमा सम्पन्न एसिसी प्रिमियर कपको उपाधि जित्दै इमर्जिङ एसिया कपमा स्थान बनाएको थियो । एसिसी प्रिमियर कपमा नेपाल, युएई र ओमानले शीर्ष तीनमा रहँदै इमर्जिङ एसिया कपमा स्थान बनाएका थिए ।

नेपाल वर्तमान समयमा आइसिसी विश्वकप छनोटको लागि जिम्बावेमा छ । नेपाली सिनियर टोली लगातार ब्यस्त हुँदा इमर्जिङ एसिया कपमा केहि युवा खेलाडीलाई मौका दिनसक्ने सम्भावना छ । नेपालले इमर्जिङ एसिया कपको लागि विश्वकप छनोटपछि टोली घोषणा गर्ने अनुमान गरिएको छ ।

इमर्जिङ टिम्स एसिया कपमा टेस्ट टोलीका यू-२३ खेलाडी खेल्नेछन् । इमर्जिङ टिम्स एसिया कपमा नेपाल २०१९ मा खेलेको थियो । उक्त प्रतियोगितामा नेपाल भारतसँग ७ विकेट र बंगलादेशसँग ८ विकेटले पराजित हुँदै बाहिरिएको थियो ।

नेपालले हङकङलाई ४० रनले हराएको थियो । त्यसपछि भने इमर्जिङ टिम्स एसिया कप हुन सकेको छैन । नेपालले २०१३ र २०१७ को एसिसी इमर्जिङ टिम्स एसिया कप खेलेको थियो । २०१८ मा भने नेपाल छनोट हुन सकेको थिएन ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.