default_image

1 year ago

June 23, 2023

रिचीको सानदार शतकमा युएईलाई बलियो लक्ष्य

206 views

0 Bookmark

एजेन्सी – कप्तान रिची बेरिंग्टनको सानदार शतकमा स्कटल्यान्डले आइसिसी विश्वकप छनोटमा युएईलाई २ सय ८३ रनको बलियो लक्ष्य दिएको छ ।

बुलावायो एथ्लेटिक क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८२ रन बनायो । स्कटल्यान्डका कप्तान रिची बेरिंग्टनले १ सय ३६ बलमा ९ चौका र ३ छक्कासहित १ सय २७ रनको शतकीय इनिङ खेले ।

उनको यो ओडिआई करिअरको चौथो शतक र उत्कृष्ट प्रदर्शन हो । यसअघि उनको करिअरको उत्कृष्ट प्रदर्शन ओडिआईमा पपुवा न्युगिनीविरुद्ध १ सय १४ रन थियो ।

मार्क वाट ३१ बलमा ४ चौका र २ छक्कासहित ४४ रनमा नट आउट रहे । आठौं विकेटका लागि रिची र मार्क वाटले ६६ बलमा १ सय ९ रनको सानदार शतकीय साझेदारी गरेका थिए ।

स्कटल्यान्ड एक समय १४.५ ओभरमा ४८-४ को दयनीय अवस्थामा पुगेको थियो । पाँचौं विकेटका लागि रिचीले माइकल लिस्कसँग ६७ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । लिस्क ४६ बलमा ३ चौका र २ छक्कासहित ४१ रनमा आउट भए ।

युएईका तीव्र गतिका बलर जुनैद्ध सिद्दिकले १० ओभरमा ४९ रन खर्चेर ३ विकेट लिए । अली नासिरले ९ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.