2 years ago
June 23, 2023
एजेन्सी – भारतीय युवा अलराउन्डर यशस्वी जैसवाल र ऋतुराज गायकवाड पहिलो पटक भारतीय टेस्ट टोलीमा परेका छन् । भारतले वेस्टइन्डिजसँग हुने ओडिआई र टेस्ट सिरिजको लागि आफ्नो टोली घोषणा गरेकोछ ।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सबाट सानदार प्रदर्शन गरेका जैसवाल पहिलो पटक भारतीय टोलीमा परेका छन् । अघिल्लो महिना उनी आइसिसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा अष्ट्रेलियाविरुद्ध वैकल्पिक खेलाडीको सूचिमा परेका थिए । उनले २०२० को भारतीय यू१९ विश्वकप टोलीबाट उत्कृष्ट प्रदर्शनका साथ सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।
जैसवालले यस सिजनको आइपिएलमा १४ खेलमा १ शतक र ५ अर्धशतकसहित ६ सय २५ रन बनाएका थिए । २१ वर्षीय ओपनर जैसवालले कोलकाता नाइट राइडर्सविरुद्ध ४७ बलमा १२ चौका र ५ छक्कासहित ९८ रनको इनिङ खेलेका थिए ।
जसक्रममा उनले १३ बलमै अर्धशतक हानेका थिए । जुन आइपिएल इतिहासकै सर्वाधिक छिटो बलमा अर्धशतक थियो ।
जैसवालले घरेलु क्रिकेटमा पनि त्यतिनै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । १५ प्रथम श्रेणीको खेलमा ९ शतक र २ अर्धशतकसहित १८ सय ४५ रन बनाएका छन् ।
उता चेन्नई सुपर किंग्सलाई च्याम्पियन बनाउन आइपिएलमा लगातार सानदार प्रदर्शन गर्दै आएका ऋतुराज गायकवाड पनि भारतीय टेस्ट टोलीमा परेका छन् । भारतले आफ्ना टेस्टका प्रमुख तथा सर्वाधिक अनुभवी ब्याटर चेतेश्वर पुजारालाई भने टोलीबाट हटाएको छ । भारत दुई टेस्ट, तीन ओडिआई र पाँच टि२० आई सिरिजको लागि वेस्टइन्डिज भ्रमणमा जानेछ । टेस्ट र ओडिआईको लागि टोली घोषणा गरेको छ ।
पहिलो टेस्ट खेल १२ जुलाई देखी १६ सम्म हुनेछ । दोस्रो टेस्ट २० जुलाई देखी २४ सम्म चल्नेछ । ओडिआई भने २७, २९ जुलाई र १ अगष्टमा हुनेछ ।
भारतको टेस्ट टोली :
रोहित शर्मा (कप्तान), शुभमन गिल, ऋतुराज गायकवाड, विराट कोहली, यशस्वी जैसवाल, अजिक्या रहाणे –उपकप्तान), केएस भरत, ईशान किशन, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, मोहम्मद शिराज, मुकेश कुमार, जयदेव उनादकट र नवदीप सैनी ।
भारतको ओडिआई टोली :
रोहित शर्मा (कप्तान), शुभमन गिल, ऋतुराज गायकवाड, विराट कोहली, सूर्यकुमार यादव, सन्जु स्यामसन, ईशान किशन, हार्दिक पान्ड्या, शार्दुल ठाकुर, रविन्द्र जडेजा, अक्षर पटेल, युजभेन्द्र चहल, कुलदीप यादव, जयदेव उनादकट,मोहम्मद शिराज, उमरान मलिक र मुकेश कुमार ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]