default_image

2 years ago

June 23, 2023

अमेरिकी बलर आइसिसीको निलम्बनमा

185 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अमेरिकाका तीव्र गतिका बलर कायल फिलिपलाई निलम्बन गरेको छ । नियमविपरित बलिङ एक्सनको कारण उनलाई निलम्बन गरेको आइसिसीले जनाएको छ ।

२६ वर्षीय उनलाई वेस्ट इन्डिजसँगको खेलको क्रममा म्याच रेफ्रीले बलिङ एक्शन रिपोर्ट गरेका थिए । उनले आफ्नो बलिङ एक्शन नसुधारे सम्म पुन बलिङ गर्न पाउने छैनन् । नेपालविरुद्ध डेब्यू गर्दै तीन विकेट लिएका उनले पछिल्लो खेल विश्वकप छनोटमा नेपालविरुद्ध नै खेलेका थिए ।

उनले ५ ओडिआई खेलमा ६ विकेट लिएका छन् । आइसिसी विश्वकप लिग २ मा २०२१ सेप्टेम्बरमा नेपालविरुद्ध डेब्यू गर्दै तीन विकेट लिएका थिए । विश्वकप छनोटमा उनले ७ ओभरमा ४९ रन खर्चिदा विकेट लिन सकेका थिएनन् । वेस्ट इन्डिजविरुद्ध उनले ९.३ ओभरमा १ मेडनसहित ५६ रन खर्चेर ३ विकेट लिएका थिए । कायल मेयर्स, जेसन होल्डर र अल्जारी जोशेफको विकेट लिएका थिए ।

यता अमेरिकाका तीव्र गतिका बलर अली खान दुई खेल प्रतिबन्धबाट नेदरल्यान्ड्सको खेलबाट पूनरागमन गरेका थिए । खराब अनुशासन र सेलेब्रेसनको कारण ४ डीमेरिट प्वाइन्ट पाएपछि उनले नेपाल र वेस्टइन्डिजसँगको खेल गुमाउनु परेको थियो ।
अमेरिका वेस्टइन्डिजसँग ३९ रन, नेपालसँग ६ विकेट र नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित हुँदै बाहिरिएको छ । अन्तिम खेल अमेरिकाले शनिबार जिम्बावेसँग खेल्नेछ ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.