2 years ago
June 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले आइसीसी विश्वकप छनोट अन्तर्गत वेस्टइन्डिजविरुद्ध फिल्डीङ खराब हुनु नै हारको मुख्य कारण रहेको बताएका छन् ।
रोहितले टस जितेर फिल्डीङ रोजेपछि टोलीले राम्रो सुरुवात पाएको बताए । तर मैदानमा क्याच समाउन नसक्दा असर गरेको उनको बुझाइ थियो । ‘मलाई लाग्छ हाम्रो बलरले राम्रो सुरुवात दिए । हामीले केहि महत्त्वपूर्ण क्याच गुमायौं । त्यो क्याच समाएको भए खेल फरक हुन सक्थ्यो । हामी सामान्यतया राम्रो फिल्डीङ गर्ने टोली हौं, तर हामीले आज क्याच ड्रप गर्न पुग्यौं ।त्यसपछि पुरन र होपले राम्रो ब्याटिङ गरे,’ उनले भने ।
नेपालले वेस्ट इन्डिजका तीव्र गतिका बलरको सामना गर्न निकै संघर्ष गर्नुपरेको थियो । विशेषगरी सर्ट बलविरुद्ध ब्याटरहरुले खुलेर खेल्न सकेका थिएनन् । कप्तान रोहिले विपक्षी बलरको प्रशंसा गरे । ‘वेस्ट इन्डिजले निकै राम्रो बलिङ गर्यो । हामीले बलको पेसलाई आफ्नो फाइदामा प्रयोग गर्न सकेनौं । तर कठिन समयमा आरिफ र गुलशनले निकै राम्रो खेले । १२९-६ को स्थितिबाट २३०-४० को स्थितिमा पुग्नु राम्रो नै हो । अर्को खेलमा सर्ट बलविरुद्ध अझ राम्रो खेल्ने प्रयास गर्नेछौं,’ उनले थपे ।
कप्तान रोहितले टेस्ट टोलीविरुद्ध कप्तानी गर्दा आफूले पनि धेरै सिक्न पाएको बताए । ‘टेस्ट टोलीविरुद्ध खेलेर मैले आफैं पनि धेरै सिक्न पाएँ । हरेक खेलमा तपाईं हरदम तयार रहनुपर्ने हुन्छ । कुनैपनि खेललाई हल्का लिने छुट हुँदैन । विपक्षीले कुनै अवसर पाएको अवस्थामा त्यसको भरपुर फाइदा उठाउन सक्छन् । हामीले त्यसमा थप ध्यान दिनुपर्ने बुझेका छौं,’ कप्तान रोहितले प्रष्ट पारे ।
रोहितले लिग चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध जित हासिल गरेर अर्को चरणमा पुग्ने सोच रहेको बताए । ‘हामी अब त्यसै खेललाई कुरिरहेका छौं । त्यो खेल जितेमा हामी सुपर सिक्समा पुग्न सक्नेछौं । हामी राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित त्यस खेलमा जानेछौं,’ उनले टुंग्याए ।
यो पनि : नेपाल वेस्ट इन्डिजसँग पराजित
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]