default_image

2 years ago

June 22, 2023

अमेरिका समूह चरणबाटै बाहिरिने पहिलो टोली बन्यो

325 views

0 Bookmark

एजेन्सी – अमेरिका आइसिसी विश्वकप छनोटमा नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ । समूह ए मा लगातार तेस्रो हारका साथ अमेरिकाको सुपर सिक्स हुँदै विश्वकप खेल्ने सम्भावना समाप्त भएको हो ।

जितको लागि २ सय १२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४३.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा कप्तान स्कट एड्वार्ड्स ६० बलमा ६ चौकासहित सर्वाधिक ६७ रनमा नट आउट रहे ।

तेजा निडामानुरुले ६८ बलमा ५ चौकासहित ५८ रनको योगदान दिए । पाँचौं विकेटका लागि तेजा र स्कटले ७२ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । अमेरिकाका जेसी सिंहले सर्वाधिक दुई विकेट लिए । अली खान, सौरभ नेत्रवालकर र नोष्तुश केन्जिगेले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो । अमेरिकाका शायन जहांगिरले ८६ बलमा ५ चौका र २ चौकासहित सर्वाधिक ७१ रनको योगदान दिए ।

उनले नेपालविरुद्ध शतक हानेका थिए । उनी बाहेक अन्य कुनैपनि ब्याटरको प्रदर्शन सम्झन लायक रहेन । जेसी सिंह ५३ बलमा ३ छक्कासहित ३८ रनमा आउट भए । गजानन्द सिंह ३३, स्टिभ टेलर र साइतेजा मुक्कामल्ला समान १० रनमा आउट भए ।

नेदरल्यान्ड्सका रायन केलीन र बास डि लिडेले समान दुई विकेट लिए । लोगन भान बिक, अर्यान दत्त, विक्रमजित सिंह र फ्लोडले समान एक विकेट लिए ।

अमेरिका सुरुवाती तीन खेलमा हारका साथ समूह ए बाट बाहिरिएको हो । अमेरिका पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ र नेपालसँग ६ विकेटले पराजित भएको थियो । अमेरिकाले अन्तिम खेल सोमबार जिम्बावेसँग खेल्नेछ ।

यता नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अव शनिबार नेपाल र सोमबार वेस्ट इन्डिजसँग खेल्नेछ । नेपाललाई पराजित गरेको खण्डमा नेदरल्यान्ड्स सुपर सिक्समा पुग्नेछ ।

February 5, 2025

मोन्टिको सुखद सुरुवात, अनि अकस्मात बहिर्गमन!

भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]

February 5, 2025

पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दै नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]

February 4, 2025

अर्जुन ट्रफी – लोकेशको अर्धशतकमा धनगढीको दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]

Success

Thank you for your time.