default_image

1 year ago

June 22, 2023

नेपालले सुरुवातमै दुई विकेट गुमायो

218 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध सुरुवातमै दुई विकेट गुमाएको छ । जितको लागि ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ५ ओभरमा २ विकेट गुमाउँदै २३ रन बनाएको छ । आसिफ शेख १५ र रोहित पौडेल शून्यमा नट आउट छन् ।

तीव्र गतिका बलर अल्जारी जोशेफको दोस्रो ओभरको चौथो बलमा ओपनर कुशल भुर्तेल ५ रनमा बोल्ड आउट भए । उनी जोशेफको बल रिड गर्न नसक्दा बोल्ड भएका थिए । जेसन होल्डरको पाँचौं ओभरको दोस्रो बलमा स्कुप खेल्न धुनमा भीम सार्की टप एज लागेर विकेटकिपर शाई होपबाट क्याच आउट गराए ।

त्यसअघि हरारे स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३९ रन बनाएको थियो ।

वेस्ट इन्डिजका कप्तान शाई होपले १ सय २९ बलमा १० चौका र ३ छक्कासहित १ सय ३२ रनमा आउट भए । निकोलस पुरन ९४ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रनमा आउट भए ।

एक समय वेस्ट इन्डिज १५.३ ओभरमा ५५–३ को अवस्थामा थियो । तर चौथो विकेटका लागि पुरन र होपले २ सय १६ रनको दोहोरो शतकीय साझेदारी गर्दै खेलमा फर्काएका थिए ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.