default_image

1 year ago

June 22, 2023

होप र पुरनको शतकमा नेपाललाई कीर्तिमानी विशाल लक्ष्य

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान शाई होप र निकोलस पुरनको शतकमा वेस्ट इन्डिजले आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाललाई ३ सय ४० रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ ।

हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३९ रन बनायो । यो नेपालविरुद्ध विपक्षी टोलीले बनाएको ओडिआईमा उच्च योगफल हो । यसअघि आइसिसी विश्वकप लिग–२ मा केहि महिना अघि युएईले नेपालविरुद्ध ३ सय १० रन बनाएको थियो ।

वेस्ट इन्डिजका कप्तान शाई होपले १ सय २९ बलमा १० चौका र ३ छक्कासहित १ सय ३२ रनमा आउट भए । उनी अन्तिम ओभरको दोस्रो बलमा स्पिनर ललितको बलमा भीम सार्कीबाट क्याच आउट भए । यो उनको ओडिआई करिअरको १५ औं शतक हो ।

निकोलस पुरन ९४ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रनमा आउट भए । पुरनको यो ओडिआई करिअरको दोस्रो शतक हो । उनले २०१९ को विश्वकपमा श्रीलंकाविरुद्ध हानेको १ सय १८ रनको शतकीय इनिङपछि पहिलो पटक शतक हानेका हुन् । पुरनले शतक बनाउन दुई जीवनदान पाएका थिए । विकेटकिपर आसिफ शेखले पुरनलाई ब्यक्तिगत ३ र ५४ रनमा क्याच ड्रप गर्दै जीवनदान दिएका थिए ।

एक समय वेस्ट इन्डिज १५.३ ओभरमा ५५–३ को अवस्थामा थियो । तर चौथो विकेटका लागि पुरन र होपले २ सय १६ रनको दोहोरो शतकीय साझेदारी गर्दै खेलमा फर्काएका थिए । यी दुई खेलाडीको साझेदारी दीपेन्द्रले तोडेका थिए । दीपेन्द्रले ४४ औं ओभरको अन्तिम बलमा पुरनलाई कट एन्ड बोल्ड गर्दै पेभेलिएन फर्काएका हुन् । दीपेन्द्रले एक हातले उत्कृष्ट क्याच लिएका थिए ।

नेपालले सुरुवात भने सानदार गरेको थियो । तीव्र गतिका बलर करण केसीको दोस्रो ओभरको तेस्रो बलमा बायाँ हाते ओपनर कायल मेयर्सको क्याच कुशल भुर्तेलले मिडविकेटमा डाइभ हान्दै उत्कृष्ट क्याचका साथ पेभेलिएन फर्काएका थिए ।

गुलशन झाले पाँचौं ओभरको पहिलो बलमा जोनसन चाल्र्सलाई शून्यमा पेभेलिएन फर्काए । गुलशनको योर्कर बलमा जोनसन एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका हुन् । त्यो समय वेस्ट इन्डिज ९–२ को अवस्थामा पुगेको थियो ।
तेस्रो विकेटका लागि शाई होप र किंगले ४६ रनको साझेदारी गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए ।

सन्दीपले ब्रेन्डन किंगलाई ३२ रनमा बोल्ड आउट गरेका थिए । उनले ४२ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए ।
रोभम्यान पावेल १४ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा आउट भए । किमो पल १ रनमा आउट हुँदा जेसन होल्डर १० बलमा २ चौकासहित १६ रनमा नट आउट रहे ।

नेपालका स्पिनर ललित नारायण राजवंशीले १० ओभरमा ५२ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ५० रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ७ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए । करण केसीले १० ओभरमा १ मेडनसहित ८१ रन खर्चेर १ विकेट लिए । गुलशन झाले ८ ओभरमा ६४ रन खर्चेर १ विकेट लिए ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.