default_image

2 years ago

June 22, 2023

दीपेन्द्रले तोडे होप र पुरनको दोहोरो शतकीय साझेदारी

213 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका दीपेन्द्रसिंह ऐरीले वेस्ट इन्डिजका कप्तान शाई होप र निकोलस पुरनबीचको आइसिसी एकदिवसीय विश्वकप छनोटमा दोहोरो शतकीय साझेदारी तोडेका छन् ।

हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ४५ ओभरमा ४ विकेट गुमाउँदै २ सय ८५ रन बनाएको छ । कप्तान शाई होप १ सय २१ बलमा ८ चौका र ३ छक्कासहित १ सय २० र रोभम्यान पावेल ९ रनमा नट आउट छन् ।

निकोलस पुरन ९४ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रनमा आउट भएका छन् । दीपेन्द्रले ४४ औं ओभरको अन्तिम बलमा पुरनलाई कट एन्ड बोल्ड गर्दै पेभेलिएन फर्काएका हुन् ।

दीपेन्द्रले एक हातले उत्कृष्ट क्याच लिएका थिए । चौथो विकेटका लागि पुरन र होपले २ सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । विकेटकिपर आसिफ शेखले पुरनलाई ब्यक्तिगत ३ र ५४ रनमा जीवनदान दिएका थिए ।

March 14, 2025

नेपालले टस हार्यो

काठमाडौं(हाम्रो खेलकुद)- युगाण्डामा जारी वुमेन्स डे कप टि ट्वान्टी आई सिरिजमा नेपालले हङकङविरुद्धको खेलमा टस हारेको छ । हङकङकी कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिएकी हुन् ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

Success

Thank you for your time.