default_image

2 years ago

June 22, 2023

नेपालले जीवनदान दिएपछि वेस्ट इन्डिज खेलमा फर्कियो

237 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिज नेपालविरुद्ध खेलमा फर्किएको छ । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ३२ ओभरमा ३ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको छ ।

वेस्टइन्डिजका कप्तान शाई होप ९० बलमा ७ चौका र १ छक्कासहित ७७ रनमा नट आउट छन् । उनलाई निकोलस पुरनले ५० बलमा ३ चौका र २ छक्कासहित ४९ रनमा साथ दिएका छन् । चौथो विकेटका लागि पुरन र होपले १ सय ७ रनको शतकीय साझेदारी गरि सकेका छन् ।

नेपालले वेस्ट इन्डिजका प्रमुख ब्याटर निकोलस पुरनलाई ब्यक्तिगत तीन रनमै जीवनदान दिएको थियो । त्यसपछि वेस्ट इन्डिजले खेलमा राम्रो पूनरागमन गरेको छ । स्पिनर ललित नारायण राजवंशीको १७ औं ओभरको अन्तिम बलमा पुरनको एज लागेको बल विकेटकिपर आसिफ शेखले छाड्न पुगेका थिए ।

नेपालले सुरुवात भने सानदार गरेको थियो । तीव्र गतिका बलर करण केसीको दोस्रो ओभरको तेस्रो बलमा बायाँ हाते ओपनर कायल मेयर्सको क्याच कुशल भुर्तेलले लिएका हुन् । उनले लामो दौडका साथ मिडविकेटमा डाइभ हान्दै उत्कृष्ट क्याच लिएपछि मेयर्स एक रनमा पेभेलिएन फर्किएका थिए ।

युवा तीव्र गतिका बलर गुलशन झाले पाँचौं ओभरको पहिलो बलमा जोनसन चाल्र्सलाई शून्यमा पेभेलिएन फर्काएका थिए । गुलशनको योर्कर बलमा जोनसन एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका हुन् । त्यो समय वेस्ट इन्डिज ९–२ को अवस्थामा पुगेको थियो ।

तेस्रो विकेटका लागि शाई होप र किंगले ४६ रनको साझेदारी गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । नेपाली स्पिन सामु रन बनाउन संघर्ष गरेको वेस्ट इन्डिजको तेस्रो विकेट सन्दीपले लिएका थिए ।

सन्दीपले ब्रेन्डन किंगलाई ३२ रनमा बोल्ड आउट गरेका थिए । उनले ४२ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए । त्यो समय वेस्ट इन्डिज १५.३ ओभरमा ५५–३ को अवस्थामा पुगेको थियो । त्यसपछि भने पूरन र होपले खेलमा फर्काएका हुन् ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.