2 years ago
June 22, 2023
एजेन्सी – लगातार दुई हारसँगै युनाइटेड अरव इमिरेट्स (युएई) र टेस्ट टोली आयरल्यान्ड समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ । समूह बी मा रहेको आयरल्यान्ड दुई एसोसिएट टोली स्कटल्यान्डसँग एक विकेट र ओमानसँग पाँच विकेटले पराजित भएपछि सुपर सिक्स यात्रा निकै कठिन बनेको हो ।
युएई श्रीलंकासँग १ सय ७५ रन र ओमानसँग ५ विकेटले पराजित भएको थियो । आयरल्यान्डले आइतबार श्रीलंका र मंगलबार युएईसँग खेल्नेछ । युएईले शुक्रबार स्कटल्यान्ड र आयरल्यान्डसँग खेल्नेछ । आयरल्यान्ड र युएई एकअर्कासँग खेल्न बाँकी हुँदा पराजित टोली बाहिरिने पक्का देखिन्छ ।
युएईको नेटरनरेट माइनस २.००३ छ । यो अवस्थामा बाँकी दुबै खेलमा विजयी भएपनि नेटरनरेटको कारण पुग्नसक्ने सम्भावना निकै कम देखिन्छ । अर्कोतर्फ बाँकी दुबै खेल जितेर मात्रै हुँदैन । ओमानले श्रीलंका र स्कटल्यान्ड दुबैसँग फराकिलो अन्तरले हार्नुपर्ने हुन्छ । वा स्कटल्यान्डले बाँकी सबै खेल हार्नुपर्छ । सुरुवाती दुई हारले युएई र आयरल्यान्डको सुपर सिक्स सम्भावना निकै कठिन बनेको हो ।
यता समूह ए मा जिम्बावे सुरुवाती दुई खेलमा जितका साथ सुपर सिक्स नजिक पुगेको छ । वेस्टइन्डिज एक खेलमा २ अंकका साथ दोस्रो र नेपाल समान एक खेलमा हार र जितका साथ तेस्रो स्थानमा छ । अमेरिका र नेदरल्यान्ड्स चौथो र पाँचौं स्थानमा छन् । समूह ए मा नेपाल र नेदरल्यान्ड्सबीचको खेल क्वाटरफाइनल सरह हुने अनुमान गरिएको छ ।
सुपर सिक्समा पुग्ने तीन टोलीको प्रदर्शन समूह चरणकै गणना हुनेछ । अर्को समूहबाट आउने तीन टोलीबीच प्रतिस्पर्धा हुनेछ । समूह चरणमा अपराजित रहँदै सुपर सिक्समा पुग्ने टोलीको चार अंक हुँदा विश्वकप खेल्न सहज हुने देखिन्छ । सुपर सिक्सका शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।
February 5, 2025
भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]