2 years ago
June 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटमा आज चार पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्दैछ । खेल नेपाली समय अनुसार १२ : १५ मा हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।
नेपालले वेस्ट इन्डिजसँग कुनैपनि खेलमा पहिलो पटक खेल्न लागेको हो । नेपालको रोहित पौडेल र वेस्ट इन्डिजको शाई होपले कप्तानी गर्नेछन् । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । अमेरिकालाई नेपालले ६ विकेटले हराएको थियो ।
नेपालले पछिल्लो पटक अमेरिकालाई हराएको हुँदा टोलीमा परिवर्तनको सम्भावना कम छ । परिवर्तनको सम्भावना भएका खेलाडीहरुले अमेरिकाविरुद्ध राम्रो प्रदर्शन गरेपछि नेपालले त्यसलाई नै निरन्तरता दिने देखिन्छ । दीपेन्द्रसिंह ऐरी परिवर्तन गर्न सक्ने एक नाम थियो । तर दीपेन्द्रले अमेरिकाविरुद्ध दुई विकेट लिनुको साथै ३९ रन बनाएका थिए । त्यसैले उनलाई नेपालले परिवर्तन गर्ने सम्भावना छैन ।
नेपालले परिवर्तन गर्न सक्ने अर्को नाम गुलशन झा थियो । तर गुलशनले अमेरिकाविरुद्ध ३ विकेट लिएका थिए । नियमित प्रमुख बलर सोमपाल कामी घाइते हुँदा गुलशनलाई निरन्तरता दिनेछ । स्पिनर ललित नारायण राजवंशीले अमेरिकाविरुद्ध १० ओभरमा २० रन खर्चेर १ विकेट लिएका थिए । अन्य खेलाडी भने परिवर्तन गर्ने कुनै सम्भावना छैन ।
सन्दीप लामिछाने पछिल्ला दुबै खेलमा विकेट विहीन बनेका छन् । उनले जिम्बावेसँग ७७ रन र अमेरिकासँग ५८ रन खर्चिदा विकेट लिन सकेका थिएनन् । सन्दीप नेपालका प्रमुख हतियार हुन् । त्यसैले उनलाई एक दुई खेलमा नराम्रो गर्दैमा बाहिर राख्दैन ।
नेपालको ओपनिङमा आसिफ र कुशल भुर्तेल हुनेछन् । यी दुई ओपनरबाट नेपाल राम्रो सुरुवात चाहन्छ । कुशल भुर्तेल राम्रो लयमा छन् । यी दुई ओपनरले जिम्बावेविरुद्ध १ सय ७१ रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरमा भीम सार्की छन् । भीमले नेपाली टोलीबाट लगातार भरपर्दो ब्याटिङ गर्दै आएका छन् ।
कप्तान रोहित पौडेल चौथो र कुशल मल्ल पाँचौं नम्बरमा खेल्नेछन् । रोहितबाट नेपाल कप्तानी इनिङ चाहन्छ । कुशल मल्ल भने विष्फोटक ब्याटिङ गर्न रुचाउँछन् । आरिफ शेख छैटौं, दीपेन्द्रसिंह ऐरी सातौं र गुलशन झा आठौं नम्बरमा खेल्नेछन् ।
नेपालको ब्याटिङक्रम टोलीको अवस्थामा भरपर्ने हुन्छ ।
टोलीले टिमको अवस्था अनुसार रणनीति तयार पार्न सक्छ । करण केसी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी नवौं, दशौं र ११ औं स्थानमा हुनेछन् ।
तीव्र गतिका बलरमा करण र गुलशन हुनेछन् । पार्ट टाइममा आरिफले साथ दिनेछन् । स्पिनरमा सन्दीप र ललित हुनेछन् । पार्ट टाइममा दीपेन्द्र, कुशल मल्ल र रोहित पौडेल हुनेछन् । सोमपाल कामी भने आजको खेलमा पनि उपलब्ध हुनेछैनन् । उनी जिम्बावेसँगको खेलमा घाइते भएका थिए ।
नेपालको सम्भावित प्लेइङ ११ :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा १ परिवर्तन भएको छ । मंगलवार थाइल्याण्डसँगको खेलमा खेलेकी अलिशा कुमारी यादवको स्थानमा सिता राना मगरले मौका पाएकी छिन् । दुवै टोली सिरिजमा तेस्रो […]
February 5, 2025
भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]