1 year ago
June 21, 2023
काठमाडौँ – आगमी भदौ अन्तिम साता एपेक्स इन्टर कलेज क्रिकेट कप प्रतियोगिता आयोजना हुने भएको छ । एपेक्स कलेजले बुधबार एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता गदौं भदौ २४ देखि असोज ३ सम्म हुने हुने जनाएको छ ।
एपेक्स कलेजको आयोजनामा मूलपानीको तल्लो क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा १२ कलेजले प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी कलेजको टुङ्गो लाग्न बाँकी छ । प्रतियोगितामा हरेक समूहमा तीन टोली हुनेछन् । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले १५ हजार, उत्कृष्ट बलर र ब्याटरले जनही १० हजार बराबरको क्रिकेट किट पाउनेछन् । प्रत्येक प्लेयर अफ द म्याचले २ हजार ५ सय बराबरको किट पाउने आयोजकले जनाएको छ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]