default_image

2 years ago

June 21, 2023

द एशेज : इंग्ल्यान्डमाथि अष्ट्रेलियाको रोमान्चक जित

124 views

0 Bookmark

एजेन्सी – कप्तान प्याट कमिन्सले कप्तानी प्रदर्शन गरेपछि अष्ट्रेलियाले विश्व क्रिकेटको एक प्रतिष्ठित द एशेज सिरिजको पहिलो टेस्ट खेलमा घरेलु टोली इंग्ल्यान्डमाथि दुई विकेटको रोमान्चक जित हात पारेको छ ।

जितको लागि २ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ८ विकेट गुमाउँदै पूरा गर्यो । पाँचौं तथा अन्तिम दिन भोजन समय सम्म वर्षाको कारण कुनैपनि खेल हुन सकेको थिएन ।

प्याट कमिन्स ७३ बलमा ४ चौका र २ छक्कासहित ४४ रनमा नट आउट रहे । नाथन लायनले २८ बलमा २ चौकासहित १६ रनमा नट आउट रहँदै राम्रो साथ दिए । नवौं विकेटका लागि कमिन्स र लायनले ५५ रनको नटआउट साझेदारी गर्दै रोमान्चक जित पक्का गराएका हुन् ।

ओपनर उस्मान खवाजा १ सय ९७ बलमा ७ चौकासहित ६५ रनमा आउट भए । टेस्टका सबै पाँच दिन ब्याटिङ गर्ने दुर्लभ अवसर पाएका खवाजा बेन स्टोक्सको बलमा बोल्ड आउट भए । डेविड वार्नर ३६, मार्नस लाबुसेन १३, स्टिभ स्मिथ ६, स्कट बोलान्ड २० र क्यामरन ग्रीन २८ रनमा आउट भए ।

इंग्ल्यान्डका स्टुअर्ट ब्रोडले तीन र ओली रोविनन्सनले दुई विकेट लिए । इंग्ल्यान्ड दोस्रो इनिङमा २ सय ७३ रनमा अल आउट हुन पुगेको थियो । इंग्ल्यान्डका जो रुट र ह्यारी ब्रुकले सर्वाधिक समान ४६ रनको योगदान दिएका थिए । ओपनर ज्याक क्रली ७, बेन डकेट १९, ओली पोप १४, बेन स्टोक्स ४३, जोनी बेयरस्टो २० र मोईन अली १९ रनमा आउट भए । ओली रोविन्सन २७ र जिमी एन्डरसन १२ रनमा आउट भएका थिए । अष्ट्रेलियाका कप्तान प्याट कमिन्स र नाथन लायनले समान चार विकेट लिए ।

अष्ट्रेलिया पहिलो इनिङमा ३ सय ८६ रनमा अल आउट भएको थियो । ओपनर उस्मान खवाजाले ३ सय २१ बलमा १४ चौका र ३ छक्कासहित सर्वाधिक १ सय ४१ रनको शतकीय इनिङ खेलेका थिए । विकेटकिपर एलेक्स केरी ६६, ट्रविस हेड ५०, स्मिथ १६ र मार्नस लाबुसेन डक आउट भए । इंग्ल्यान्डका स्टुअर्ट ब्रोड र ओली रोबिन्सनले समान तीन विकेट लिए । मोईन अलीले दुई, जिमी एन्डरसन र बेन स्टोक्सले एक एक विकेट लिए ।

त्यसअघि बर्मिङ्घमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्ड पहिलो दिन मात्रै ७८ ओभरमा ३९३-८ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । इंग्ल्यान्डका जो रुट १ सय ५२ बलमा ७ चौका र ४ छक्कासहित १ सय १८ रनमा नट आउट रहेका थिए । जो रुटले सानदार प्रदर्शन गरि रहँदा इनिङ समाप्तिको निर्णय इंग्ल्यान्डलाई ठूलो भारी परेको छ ।

छैटौं विकेटका लागि रुट र जोनी बेयरस्टोले १ सय २१ रनको शतकीय साझेदारी गरेका थिए । बेयरस्टो ७८ बलमा १२ चौकासहित ७८ रनमा आउट भए ।

ओपनर ज्याक क्रलीले ७३ बलमा ७ चौकासहित ६१ रनमा आउट भए । अष्ट्रेलियाका नाथन लायनले सर्वाधिक चार विकेट लिए । जोश हेजलवुडले दुई, स्कट बोलान्ड र क्यामरन ग्रीनले समान एक विकेट लिए । दोस्रो खेल २८ जुन देखी सुरु हुनेछ ।

February 5, 2025

मोन्टिको सुखद सुरुवात, अनि अकस्मात बहिर्गमन!

भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]

February 5, 2025

पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दै नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]

February 4, 2025

अर्जुन ट्रफी – लोकेशको अर्धशतकमा धनगढीको दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]

Success

Thank you for your time.