default_image

1 year ago

June 20, 2023

रोहित भन्छन् – ‘अब वेस्ट इन्डिजलाई हराउन चाहन्छौं’

216 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आइसीसी विश्वकप छनोटको दोस्रो खेलमा अमेरिकालाई पराजित गरेपछि अब वेस्ट इन्डिजविरुद्ध खेलमा जित हासिल गर्ने लक्ष्य रहेको बताएका छन् ।

अमेरिकाविरुद्ध ६ विकेटको जित हासिल गरेसँगै नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । यसले नेपालको सुपर सिक्स चरणमा पुग्ने सम्भावनालाई पनि बलियो बनाएको छ । पहिलो खेलमा आइतबार आयोजक जिम्बावेसँग पराजित भएको नेपालले अब विहीबार वेस्ट इन्डिजविरुद्ध खेल्दैछ । उक्त खेलका लागि कप्तान रोहितले टोली जितका लागि नै खेल्ने बताएका हुन् ।

अमेरिकालाई पराजित गर्दा खुसी व्यक्त गर्दै रोहितले बलरद्वय करण र ललितले राम्रो सुरुवात दिलाएका बताए । ‘जितबाट निकै खुसी छु । हामी जितका लागि खेलिरहेका थियौं र त्यो प्राप्त गर्यौं,’ उनले भने ।

‘करणबाट सुरुवातमा निकै राम्रो प्रदर्शन भयो । हामीले कन्डिसनको राम्रो प्रयोग पनि गर्यौं । ललित र करण दाइ दुवैले राम्रो गर्नुभएको हो । सुरुवात राम्रो भएर नै खेलमा पकड जमाउन सक्यौं । एकतर्फबाट ललितले रन रोकेपछि करण दाइलाई विकेट लिन सहज भयो । दुवै बलरको साझेदारी महत्त्वपूर्ण थियो ।’

रोहितले ब्याटर भीम सार्की र दीपेन्द्रको पनि प्रशंसा गरे । ‘भिमले निकै राम्रो ब्याटिङ गरे । दीपेन्द्रले अन्त्यमा राम्रो साथ दिए । अरुले राम्रो सुरुवात पाएपनि त्यसलाई ठूलो स्कोरमा परिणत गर्न सकेनौं । अर्को खेलमा त्यसलाई सुधार गरेर आउनेछौं ।’

वेस्ट इन्डिजविरुद्ध खेलका लागि प्रतीक्षा गरिरहेको र जितका लागि नै खेल्ने रोहितले बताए । ‘हामी त्यो खेलका लागि प्रतीक्षा गरिरहेका छौं । वेस्ट इन्डिजविरुद्ध जित हासिल गर्न चाहन्छौं । हाम्रो लागि त्यस खेलम सबैले योगदान दिन जरुरी छ । हामीलाई थाहा छ वेस्ट इन्डिज निकै राम्रो टोली हो र त्यस खेल जित्न सबैले योगदान दिनुपर्छ । हामीले उत्कृष्ट खेल्नुपर्छ ।’

यो पनि : नेपालसँग हार्यो अमेरिका

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.