default_image

1 year ago

June 20, 2023

कुशल भुर्तेल आउट

223 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकाविरुद्ध आउट भएका छन् ।

जितको लागि २ सय ८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा २ विकेट गुमाउँदै ७६ रन बनाएको छ । नेपालका भीम सार्की १८ र रोहित पौडेल १ रनमा नटआउट छन् ।

ओपनर कुशल भुर्तेल ५४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाउँदै आउट भए । स्पिनर नोष्तुश केन्जिगेको १७ औं ओभरको दोस्रो बलमा कट एण्ड बोल्ड आउट भए । कुशल पहिलो खेलमा जिम्बावेविरुद्ध ९९ रनमा अउट भएका थिए ।

अर्का ओपनर आसिफ शेख १२ रनमा सौरभ नेत्रवालकरको बलमा एलबीडब्लू आउट गरे । आसिफले चौथो ओभरको दोस्रो बलमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर कायल फिलिपको चौथो ओभरको दोस्रो बलमा आसिफको क्याच ब्यक्तिगत ६ रनमा फाइन लेगमा निसर्ग पटेलले क्याच छाड्न पुगेका थिए ।

भीम सार्कीले ब्यक्तिगत ९ रनमा जीवनदान पाएका थिए । फिलिपेको १० औं ओभरको अन्तिम बलमा फस्ट स्लिपमा स्टिभ टेलरले क्याच छाड्न पुगेका थिए ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.