default_image

1 year ago

June 20, 2023

सन्दीप पहिलो पटक लगातार दुई खेलमा विकेट विहीन

259 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने ओडिआई क्रिकेटमा पहिलो पटक लगातार दुई खेलमा विकेट विहीन बनेका छन् । आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकाविरुद्ध सन्दीप विकेट विहीन बनेका छन् ।

सन्दीपले अमेरिकाविरुद्ध १० ओभरमा ५८ रन खर्चिदा विकेट लिन सकेनन् । सन्दीप पहिलो खेलमा आइतबार जिम्बावेविरुद्ध १० ओभरमा ७७ रन खर्चेर विकेट विहीन बनेका थिए । सन्दीपले ४५ ओडिआई खेल खेल्दा पहिलो पटक लगातार दुई खेलमा विकेट विहीन बनेका हुन् ।

सन्दीपले २०१८ अगष्ट १ मा नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए । सन्दीप आफ्नो ओडिआई करिअरमा चौथो पटक विकेट लिन नसकेका हुन् । यसअघि सन्दीप आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु मैदान टियु मैदान ओमानविरुद्ध दुबै खेलमा विकेट विहीन बनेका थिए । तर त्यो लगातार थिएन । ओमानसँग खेलेको अर्को खेलमा अमेरिकाविरुद्ध दुई विकेट लिएका थिए ।

सन्दीपले ४५ ओडिआई खेलमा १ सय ४ विकेट लिएका छन् । सन्दीपले ४२ खेलमै एक सय विकेट पूरा गरेका थिए । जुन ओडिआई इतिहासकै सर्वाधिक छिटो खेलमा १ सय विकेट पूरा गर्ने कीर्तिमान थियो । उनले अफगानिस्तानका स्पिनर राशिद खानको ४४ खेलमा १ सय विकेटको कीर्तिमान तोडेका थिए ।

यता सन्दीप टि२० आईमा भने लगातार दुई खेलमा विकेट विहीन बनी सकेका छन् । सन्दीप २०१८ मा सुरुवाती दुई खेलमा विकेट विहीन बनेका थिए ।

सन्दीपले २०१८ मे मा विश्व ११ बाट वेस्टइन्डिजविरुद्ध टि२० आईमा डेब्यू गर्दै विकेट विहीन बनेका थिए । २०१८ जुलाईमा नेपालको लागि पहिलो टि२० आईमा नेदरल्यान्ड्सविरुद्ध पनि विकेट विहीन बन्न पुगेका थिए ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.