default_image

1 year ago

June 20, 2023

सोमपालले अमेरिकाविरुद्ध खेल गुमाउने!

213 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका प्रमुख तीव्र गतिका बलर सोमपाल कामीले आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिकाविरुद्ध खेल गुमाउने भएका छन् ।

आइतबार जिम्बावेसँगको खेलको क्रममा घाइते भएका सोमपाल अमेरिकासँगको खेलमा फिट नभएको बुझिएको छ । नेपाली क्रिकेट टोलीको स्रोतले हाम्रो खेलकुदलाई दिएको जानकारी अनुसार सोमपालले आजको खेल गुमाउने पक्का भएको छ ।

३४ औं ओभरको तेस्रो बलमा जिम्बावेका ब्याटर सन विलियम्सले प्रहार गरेको शट रोक्नेक्रममा उनको दायाँ हातको बुढी औंलामा लाग्न पुगेको थियो । कप्तान रोहितसँग केहि कुरा गरेपछि सोमपालले मैदान छाडेका थिए । सोमपालले बाँकी तीन बल गर्न नसकेपछि आरिफ शेखले उक्त ओभर पूरा गरेका थिए ।

उनको स्थानमा मैदानमा फिल्डिङ गर्न ज्ञानेन्द्र मल्ल आएका थिए । सोमपाल खेल्न नसक्दा नेपालको बलिङ आक्रामण झनै कमजोर बन्नसक्छ । उनी नहुँदा बलिङमात्रै होईन नेपालको तल्लोक्रम ब्याटिङ कमजोर हुनेछ । सोमपालले पछिल्लो समय फिनिसिङमा राम्रो भूमिका निर्वाह गर्दै आएका थिए । उनको स्थानमा नेपालले ललितनारायण राजवंशी र प्रतिश जि.सी मध्य एकलाई खेलाउन सक्छ ।

किशोर महतो नेपालको अन्तिम १५ सदस्य टोलीमा छैनन् । यदि २४ घण्टा अघि आइसिसी र प्रतियोगिता टेक्निकल कमिटीलाई जानकारी दिएको खण्डमा भने किशोर पनि खेल्न सक्छन् । पछिल्लो समय लगातार राम्रो प्रदर्शन गरेको हुँदा ललित खेल्ने सम्भावना छ । तर सोमपाल नहुँदा करण केसी र गुलशन झा नेपालको प्रमुख तीव्र गतिका बलर हुनेछन् ।

जसले गर्दा बलिङ आक्रामण झनै कमजोर हुनसक्छ । तीव्र गतिका बलर सहयोगी पिच भएमा प्रतिश र किशोर मध्य एकलाई मैदान उतार्नेछ । नेपाल र अमेरिकाबीच खेल दिउँसो १२ः ४५ मा ताकशिंगा स्पोर्ट्स क्लबमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो ।

अमेरिका वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको थियो । नेपालले पहिला ब्याटिङ गर्दै कुशल भुर्तेलको ९९ र आसिफ शेखको ६६ रनको सहयोगमा २ सय ९० रन बनाएपनि पराजित हुन पुगेको थियो । अन्तिम तीनमा रहेर समूह ए बाट सुपर सिक्समा पुग्न नेपाललाई यस खेल जित्नै पर्ने हुन्छ ।

December 17, 2024

एनपिएल विजेताले १ करोड १० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पुरस्कार राशी घोषणा गरेको छ। एपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। नेपाली खेलकुदमा विजेता टोलीले पाउने अहिले सम्मकै ठूलो राशि हो। दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्ने […]

December 17, 2024

एसिसी यु १९ महिला एसिया कपमा नेपाल अपराजित रहँदै सुपर ४ मा

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाल अपराजित रहँदै सुपर ४ मा पुगेको छ । नेपाल र भारत यु १९ बीचको खेल वर्षाका कारण स्थगित भए पछि नेपाल अपराजित रुपमा सुपर ४ मा पुगेको हो । नेपालले दिएको ९५ रनका लक्ष्य पछ्याउने क्रममा भारी वर्षा भए पछि खेल रद्द भएको हो । […]

December 17, 2024

भारतलाई नेपालले दियो सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले भारतलाई जितको लागि सामान्य लक्ष्य दिएको छ । मलेसियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रनको सामान्य योगफल तयार गर्यो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन जोडिन् । उनले ४० बलमा ३ चौका प्रहार गरेकी […]

Success

Thank you for your time.