default_image

1 year ago

June 19, 2023

अमेरिकाविरुद्ध नेपालको सम्भावित प्लेइङ ११

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत दोस्रो खेलमा मंगलबार अमेरिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२: ४५ मा सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । अमेरिका वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको थियो । टेस्ट टोलीविरुद्ध पहिलो खेलमा दुबै टोलीले उत्कृष्ट प्रदर्शन गरेका हुँदा मनोबल उच्च छ । नेपालले जिम्बावेविरुद्ध उत्कृष्ट ब्याटिङका बाबजुद पराजित भएको थियो । त्यसैले अमेरिकाविरुद्ध नेपालले बलिङ बलियो बनाउन खेलाडीमा परिवर्तन गर्ने सम्भावना छ ।

नेपालले जिम्बावेको खेलबाट टोलीमा एक परिवर्तन गर्ने सम्भावना छ । तीव्र गतिका बलर करण केसीको स्थानमा नेपालले ललित नारायण राजवंशीलाई मौका दिनसक्छ । ललितले पछिल्लो समय ओडिआई खेलमा पावर प्ले र मध्यक्रममा लगातार विकेट लिँदै आएका छन् । करणले जिम्बावेविरुद्ध ४ ओभरमा २६ रन खर्चेका थिए ।

नेपालले गुलशन झालाई भने विश्वास गर्दै निरन्तरता दिने देखिन्छ । पछिल्लो समय नेपालले करण र गुलशनलाई खेल अनुसार परिवर्तन गर्दै आएको थियो । अघिल्लो महिना एसिसी प्रिमियर कपको फाइनल खेलमा गुलशनले ब्याटिङमा सानदार प्रदर्शन गरेपछि निरन्तरता दिने देखिन्छ । यो अवस्थामा टोलीमा करण मात्रै परिवर्तन गर्न सक्ने नाम देखिन्छ ।

तकाशिंगा स्पोर्ट्स क्लबमा अमेरिकाका स्पिनर स्टिभ टेलरले वेस्टइन्डिजविरुद्ध राम्रो प्रदर्शन गर्दै तीन विकेट लिएका थिए । त्यसैले ललितलाई नेपालले मौका दिनसक्छ । ललितले पावर प्लेमा लगातार विकेट लिँदै आएका छन् । नयाँ बलको साथ इनिङको सुरुवात पनि गर्दै आएका छन् ।

नेपालको ब्याटिङमा कुनै परितवर्तनको सम्भावना छैन । त्यसैले ज्ञानेन्द्र मल्लले मौका पाउने सम्भावना कमछ । पहिलो खेलमा जिम्बावेविरुद्ध कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ३१.१ ओभरमा १ सय ७१ रनको सानदार शतकीय साझेदारी गरेका थिए । कुशल ९९ र आसिफ ६६ रनमा आउट भएका थिए । यी दुई ओपनरबाट नेपाल त्यस्तै सुरुवात चाहन्छ । नेपालको प्लेइङ ११ मा ललित बाहेक अन्य सबैले ब्याटिङ गर्ने क्षमता राख्नेछन् ।

भीम सार्की, रोहित पौडेल, कुशल मल्ल र आरिफ शेखलाई नेपालले ब्याटरको रुपमा मैदान उतार्ने छ । तल्लोक्रममा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र सन्दीप लामिछाने हुनेछन् । नेपालले सामान्य अवस्थामा भीमलाई तेस्रो, रोहितलाई चौथो र कुशल मल्ललाई पाँचौं नम्बरमा खेलाउने छ । टिमको ब्याटिङ अनुसार परिवर्तन गर्नसक्छ ।

नेपालको तीव्र गतिको बलिङ आक्रामण गुलशन र सोमपाल कामीले सम्हाल्ने छन् । सोमपालमाथि जिम्मेवारी बढी हुनेछ । उनी पहिलो खेलमा घाइते भएका थिए । दोस्रो खेलमा फिट हुने अनुमान गरिएको छ । यदि सोमपाल फिट नभएको खण्डमा भने करण खेल्नेछन् । आरिफ तेस्रो तीव्र गतिका बलरको विकल्पमा हुनेछन् ।

नेपालले पछिल्लो खेलमा ललितको स्थानमा दीपेन्द्रलाई मौका दिएको थियो । दीपेन्द्रले बलिङ, फिल्डिङ र ब्याटिङ तीनै क्षेत्रमा राम्रो गर्ने हुँदा निरन्तरता दिने देखिन्छ । सन्दीपले जिम्बावेविरुद्ध १० ओभरमा ७७ रन खर्चिदा विकेट लिन सकेका थिएनन् ।

सन्दीप प्रमुख बलर हुँदा उनको प्रदर्शन महत्वपूर्ण हुनेछ । सन्दीप र ललित प्रमुख स्पिनरको रुपमा खेल्नेछन् । दीपेन्द्र र कुशल मल्ल पार्टटाइम स्पिनरको रुपमा खेल्नेछन् । अर्कोतर्फ नेपालले टोली र खेलाडीलाई थप विश्वास दिन जिम्बावेविरुद्धको टोलीलाई निरन्तरता दिन सक्ने सम्भावना पनि छ ।

नेपालको सम्भावित प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, ललित नारायण राजवंशी र सन्दीप लामिछाने ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.