default_image

1 year ago

June 19, 2023

वानिन्दुको ६ विकेटसँगै श्रीलंकाको फराकिलो जित

141 views

0 Bookmark


एजेन्सी – स्पिनर वानिन्दु हसरंगाको ६  विकेटको सहयोगमा श्रीलंकाले आइसिसि एकदिवसीय विश्वकप छनोटमा युएईमाथी १ सय ७५ रनको फराकिलो जित हात पारेको छ ।

जितको लागि ३ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको युएई ३९ ओभरमा १ सय ८० रनमा अल आउट भयो । युएईका कप्तान मोहम्मद वासिम र वित्य अरबिन्दले समान ३९ रन बनाए ।

एक समय युएई १६ ओभरमा ८१-१ को बलियो अवस्थामा थियो । वासिम ४८ बलम ५ चौका र १ छक्कासहित  हसरंगाको बलमा आउट भएपछि लगातार विकेट गुमाएको थियो ।

अलि नासिर ३२ बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा आउट भए । रमिह शाहजाद २६ र आसिफ खानको ८ रनमा आउट भए ।

श्रीलंकाका वानिन्दु हसरंगाले ८ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ६ विकेट लिए ।

त्यसअघि क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ५५ रन बनाएको थियो ।

श्रीलंकाका कुशल मेन्डिसले ६३ बलमा १० चौकासहित सर्वाधिक ७८ रनको योगदान दिए । सदिरा समाराविक्रामाले ६४ बलमा ९ चौकासहित ७३ रन बनाउँदै रन आउट भए । तेस्रो विकेटका लागि कुशल र सदिराले १ सय ५ रनको शतकीय साझेदारी गरेका थिए ।

श्रीलंकालाई ओपनर पाथुम निसांका र दिमुथ करुणारत्नेले ९५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । दिमुथ ५४ बलमा ७ चौकासहित ५२ रनमा आउट भए । स्पिनर आयन खानको बलमा उनी एलबीडब्लू आउट हुन पुगे । निसांका ७६ बलमा ५ चौकासहित ५७ रनमा बासिल हामिदको बलमा बोल्ड हुन पुगे ।

चरिथ असालंका २३ बलमा ५ चौका र २ छक्कासहित ४८, कप्तान दासुन शानका १ र धनन्जय डि सिल्भा ५ रनमा आउट भए । वानिन्दु हसरंगा १२ बलमा ३ चौकासहित २३ रनमा नटआउट रहे ।

युएईका युवा तीव्र गतिका बलर अली नासिरले १० ओभरमा १ मेडनसहित ४४ रन खर्चेर २ विकेट लिए । रोहन मुस्तफा, आयन खान र बासिल हामिदले समान एक विकेट लिए ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.