default_image

1 year ago

June 19, 2023

आयरल्यान्डमाथी ओमानको कीर्तिमानी जित

177 views

0 Bookmark


काठमाडौं ( हाम्रो खेलकुद ) – ओमानले आइसिसी एकदिवसीय विश्वकप छनोटमा आयरल्यान्डमाथी ५  विकेटको किर्तिमानी जित हात पारेको छ ।

जितको लागि २ सय ८२ रनको बलियो विजयी लक्ष्य पछ्याएको  ओमानने ४८.१ ओभरमा ५ विकेट गुमाउदै पूरा गर्यो । ओमानको जितमा मोहम्मद नदिम ५३ बलमा ४ चौका सहित ४६ रनमा अविजित रहे ।सोएब खान १७ बलमा ३ चौका सहित १९ रनमा नट आउट रहे ।

ओमानले ओडिआई खेलमा टेस्ट टोली आयरल्यान्डलाई पहिलो पटक हराएको हो । ओपनर कश्याप प्रजापतिले ७४ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ७२ रनको योगदान दिए ।

ओपनर जतिन्दर सिंह १ रनमै आउट भए । दोस्रो विकेटका लागि अकिब इलियास र कश्याप प्रजापतिले १ सय २ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । अकिब ५९ बलमा ८ चौका सहित ५२ रनमा आउट भए । अकिब जर्ज डोकरेलको बलमा ग्यारेथ डेलानीबाट क्याच आउट भए ।

कप्तान जिशान मकसुद ६७ बलमा ४ चौका र १ छक्कासहित ५९ रन बनाउदै आउट भएपछि ओमान जित तर्फ अघि बढेको थियो

आयरल्यान्डका जोश लिटिलले १० ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । मार्क आदिरले २ विकेट लिए ।

त्यसघी बुलावायोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो ।  आयरल्यान्डका जर्ज डोकरेल ८९ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ९१ रनमा नट आउट रहे

शीर्ष र मध्यक्रमका प्रमुख ब्याटरले ठूलो इनिङ खेल्न नसकेपछि टेस्ट टोली आयरल्यान्ड चुनौतीपूर्ण लक्ष्यमै रोकिएको थियो । पहिलो विकेटका लागि ओपनर पल स्टरलिङ र एन्डी म्याकबर्नीले ९ ओभरमा ५१ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए ।

प्रमुख तथा विष्फोटक ब्याटर स्टर्लिलिङ बिलाल खानको बलमा आयन खानबाट २३ रनमा क्याच आउट भए । उनले २७ बलमा ४ चौका प्रहार गरे । अर्का ओपनर म्याकबर्नी २८ बलमा ४ चौकासहित २० रनमा आउट भए ।

जिशान मकसुदले कप्तान एन्डी बालबर्नीलाई ७ रनमा विकेटकिपर नसिम खुशीबाट क्याच गराउँदै दबाब बढाए । ह्यारी टेक्टर ८२ बलमा ५ चौकासहित ५२ र लोर्कान टकर २६ रनमा आउट भए । ग्यारेथ डेलानी २० र मार्क आदिरले १५ रन जोडे ।

ओमानका बिलाल खान र फैयज बटले समान दुई विकेट लिए । जिशान मकसुद, आयन खान र जय ओडेराले एक एक विकेट लिए । त्यस्तै अर्को खेलमा श्रीलंकाले युएईलाई ३ सय ५६ रनको विशाल लक्ष्य दिएको छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.