default_image

2 years ago

June 19, 2023

चार अर्धशतकमा युएईलाई श्रीलंकाको विशाल लक्ष्य

205 views

0 Bookmark

एजेन्सी – शीर्षक्रमका चारै ब्याटरले अर्धशतक प्रहार गरेपछि श्रीलंकाले आइसिसी एकदिवसीय विश्वकप छनोटमा युएईलाई ३ सय ५६ रनको विशाल लक्ष्य दिएको छ । क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ५५ रन बनाउन सक्यो ।

श्रीलंकाका कुशल मेन्डिसले ६३ बलमा १० चौकासहित सर्वाधिक ७८ रनको योगदान दिए । सदिरा समाराविक्रामाले ६४ बलमा ९ चौकासहित ७३ रन बनाउँदै रन आउट भए । तेस्रो विकेटका लागि कुशल र सदिराले १ सय ५ रनको शतकीय साझेदारी गरेका थिए ।

श्रीलंकालाई ओपनर पाथुम निसांका र दिमुथ करुणारत्नेले ९५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । दिमुथ ५४ बलमा ७ चौकासहित ५२ रनमा आउट भए । स्पिनर आयन खानको बलमा उनी एलबीडब्लू आउट हुन पुगे । निसांका ७६ बलमा ५ चौकासहित ५७ रनमा बासिल हामिदको बलमा बोल्ड हुन पुगे ।

चरिथ असालंका २३ बलमा ५ चौका र २ छक्कासहित ४८, कप्तान दासुन शानका १ र धनन्जय डि सिल्भा ५ रनमा आउट भए । वानिन्दु हसरंगा १२ बलमा ३ चौकासहित २३ रनमा नटआउट रहे ।

युएईका युवा तीव्र गतिका बलर अली नासिरले १० ओभरमा १ मेडनसहित ४४ रन खर्चेर २ विकेट लिए । रोहन मुस्तफा, आयन खान र बासिल हामिदले समान एक विकेट लिए ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.