default_image

1 year ago

June 19, 2023

ओमानलाई आयरल्यान्डको चुनौतीपूर्ण लक्ष्य

116 views

0 Bookmark

एजेन्सी – जर्ज डोकरेलको उत्कृष्ट ब्याटिङमा टेस्ट टोली आयरल्यान्डले आइसिसी एकदिवसीय विश्वकप छनोटमा ओमानलाई २ सय ८२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

बुलावायोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८१ रन बनायो । आयरल्यान्डका जर्ज डोकरेल ८९ बलमा ७ चौका र २ छक्कासहित ९१ रनमा नट आउट रह् । ग्राहम ह्युम १५ रनमा नट आउट रहे ।

शीर्ष र मध्यक्रमका प्रमुख ब्याटरले ठूलो इनिङ खेल्न नसकेपछि टेस्ट टोली आयरल्यान्ड चुनौतीपूर्ण लक्ष्यमै रोकिएको हो । पहिलो विकेटका लागि ओपनर पल स्टरलिङ र एन्डी म्याकबर्नीले ९ ओभरमा ५१ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए ।

प्रमुख तथा विष्फोटक ब्याटर स्टर्लिलिङ बिलाल खानको बलमा आयन खानबाट २३ रनमा क्याच आउट भए । उनले २७ बलमा ४ चौका प्रहार गरे । अर्का ओपनर म्याकबर्नी २८ बलमा ४ चौकासहित २० रनमा आउट भए ।

जिशान मकसुदले कप्तान एन्डी बालबर्नीलाई ७ रनमा विकेटकिपर नसिम खुशीबाट क्याच गराउँदै दबाब बढाए । ह्यारी टेक्टर ८२ बलमा ५ चौकासहित ५२ र लोर्कान टकर २६ रनमा आउट भए । ग्यारेथ डेलानी २० र मार्क आदिरले १५ रन जोडे ।

ओमानका बिलाल खान र फैयज बटले समान दुई विकेट लिए । जिशान मकसुद, आयन खान र जय ओडेराले एक एक विकेट लिए । त्यस्तै अर्को खेलमा श्रीलंकाले युएईलाई ३ सय ५६ रनको विशाल लक्ष्य दिएको छ ।

October 18, 2024

पाकिस्तानद्वारा इङ्ग्ल्यान्ड पराजित

एजेन्सी – घरेलु टोली पाकिस्तानले इङ्ग्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा जित हासिल गरेको छ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा शुक्रवार सकिएको दोस्रो टेस्ट घरेलु टोलीले १ सय ५२ रनको फराकिलो अन्तरले जित हात पार्यो । पहिलो टेस्टमा पाहुना टोली १ ईनिङ र ४७ रनले विजयी भएको थियो । दोस्रो खेलमा जितसँगै घरेलु टोलीले ३ खेलको सिरिजमा १-१ […]

October 18, 2024

दीपेन्द्र प्लेयर अफ द म्याच घोषित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा प्लेयर अफ द म्याच घोषित भएका छन् । अमेरिकाको टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा घरेलु टोलीलाई पराजित गर्न सानदार प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ द म्याच भएका हुन् । ऐरीले अमेरिकाविरुद्धको खेलमा ब्याटिङ तर्फ १७ बलमा २ चौका र १ छक्काको […]

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपाल विजयी भएको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा २८ रन, […]

Success

Thank you for your time.