default_image

1 year ago

June 19, 2023

विलियम्सले रचे नेपालविरुद्ध इतिहास

139 views

0 Bookmark

एजेन्सी – जिम्बावेका अनुभवी ब्याटर सन विलियम्सले आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालविरुद्ध शतक हान्दै नयाँ इतिहास रचेका छन् । उनले आइतबार राती नेपालविरुद्ध जिम्बावे ओडिआई इतिहासकै सर्वाधिक छिटो शतकको कीर्तिमान कायम गरेका हुन् ।

जितको लागि २ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले ४४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । विलियम्स ७० बलमा १३ चौका र १ छक्कासहित १ सय २ रनमा नट आउट रहे । उनले ४४ औं ओभरको अन्तिम बलमा गुलशन झालाई चौका प्रहार गर्दै ७० बलमा शतक पूरा गरेका थिए ।

उनी जिम्बावेबाट ओडिआईमा सर्वाधिक छिटो बलमा शतक पूरा गर्ने ब्याटर बनेका हुन् । उनीअघि विकेटकिपर रेजिस चकाब्वाले गतवर्ष बंगलोदशविरुद्ध दोस्रो ओडिआई खेलमा हरारेमै ७३ बलमा शतक हानेका थिए । विलियम्स अघि त्यो नै जिम्बावेबाट सर्वाधिक छिटो ओडिआई शतक थियो ।

उनले कप्तान क्रेग इर्विनसँग तेस्रो विकेटका लागि १ सय ६४ रनको नटआउट साझेदारी गरेका थिए । इर्विन १ सय २८ बलमा १५ चौका र १ छक्कासहित १ सय २१ रनमा नट आउट रहे ।

जिम्बावेले दोस्रो खेल नेदरल्यान्ड्ससँग मंगलबार खेल्नेछ । नेपालले मंगलबार नै अमेरिकासँग खेल्दैछ । त्यस्तै आज समूह बी का दुई खेल हुँदैछन् । पहिलो खेलमा युएई र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । अर्को खेलमा आयरल्यान्डले ओमानसँग खेल्नेछ । दुबै खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ मा सुरु हुनेछ ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.