default_image

1 year ago

June 18, 2023

‘हामीले अपेक्षा अनुसार बलिङ गर्न सकेनौं’ – रोहित

224 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आइसिसी एकदिवसीय विश्वकप छनोटमा जिम्बावेविरुद्ध अपेक्षा अनुसार बलिङ गर्न नसक्दा हार्न पुगेको बताएका छन् ।

‘हामीले सोचे अनुसार बलिङ गर्न सकेनौं । विशेष गरि मध्यक्रममा राम्रो हुन सकेन । हामीले राम्रो गर्न सक्थ्यौं । तर उनीहरुले वास्तवमै राम्रो ब्याटिङ गरे । २८० देखी ३ सय रनको योगफल राम्रो हो । तर मैले पछि विकेट देखेपछि १५/२० रन हाम्रो लागी कम भएको थियो । सायद ३१०-३१५ रनको योगफल बराबर हुनसक्थ्यो’, रोहितले हारपछि भने ।

‘हाम्रो पछिल्लो समय ब्याटिङमा लक्ष्य पछ्याउँदा राम्रो गर्दै आएका छौं । तर दोस्रो र पहिलो इनिङ बराबर हो । हामीले अव अमेरिकासँगको खेललाई हेरेका छौं । हामी सुपर सिक्समा पुग्न उत्सुक छौं’, रोहितले भने ।

त्यसअघि जितको लागी २ सय ९१ रनको बलियो विजयी लक्ष्य पछ्याएको जिम्बावेले ४४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । जिम्बावेको जितमा क्रेग इर्विनले १ सय २८ बलमा १५ चौका र १ छक्कासहित १ सय २१ रनमा अविजित रहे । सेन विलियम्स ७० बलमा १३ चौका र १ छक्कासहित १ सय २ रनमा नट आउट रहे ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो । नेपालका ओपनर कुशल भुर्तेलले ९५ बलमा १३ चौका र २ छक्कासहित सर्वाधिक ९९ रनको योगदान दिएपनि टोलीको जित दिलाउन सकेनन् ।

जिम्बावेका रिचर्ड न्गारावाले ९ ओभरमा १ मेडनसहित ४३ रन खर्चेर ४ विकेट लिए । नेपालले दोस्रो खेल मंगलबार अमेरिकासँग खेल्नेछ । समूह ए मा नेपाल, जिम्बावे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । समूह बीमा श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र युएई छन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.