2 years ago
June 17, 2023
एजेन्सी – ओपनर उस्मान खवाजाको शतकमा अष्ट्रेलियाले द एशेजको पहिलो टेस्ट खेलमा इंग्ल्यान्डविरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै गतिलो जवाफ दिएको छ । अष्ट्रेलिया पहिलो इनिङमा ३११-५ को अवस्थामा दोस्रो दिनको खेल सकिएको छ । समग्रमा अष्ट्रेलिया पहिलो इनिङमा ८२ रनले पछि छ ।
ओपनर उस्मान खवाजा २ सय ७९ बलमा १४ चौका र २ छक्कासहित १ सय २६ रनमा नटआउट छन् । टेस्ट करिअरको उनको १५ औं शतक हो । उनलाई विकेटकिपर एलेक्स केरीले ८० बलमा ७ चौका र १ छक्कासहित ५२ रनमा साथ दिएका छन् ।
इंग्ल्यान्डलाई तीव्र गतिका बलर स्टुअर्ट बोर्डले डेविड वार्नरलाई ९ रनमा बोल्ड र मार्नस लाबुसेनलाई जोनी बेयरस्टोबाट गोल्डेन डक क्याच गराउँदै उत्कृष्ट सुरुवात दिलाएका थिए । प्रमुख ब्याटर स्टिभ स्मिथ १६ रनमा बेन स्टोक्सको बलमा एलबीडब्लू आउट भए ।
उच्च लयमा रहेका ट्रर्विस हेड ६३ बलमा ८ चौका र १ छक्कासहित ५० तथा क्यामरन ग्रीन ६८ बलमा ४ चौका र १ छक्कासहित ३८ रनमा आउट भए । यी दुबै ब्याटर मोईन अलीको बलमा आउट भएका थिए ।
त्यसअघि बर्मिङ्घमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्ड पहिलोे दिन मात्रै ७८ ओभरमा ३९३-८ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । इंग्ल्यान्डका जो रुट १ सय ५२ बलमा ७ चौका र ४ छक्कासहित १ सय १८ रनमा नट आउट रहे । उनको यो टेस्ट करिअरको ३० औं शतक थियो । अष्ट्रेलियाका नाथन लायनले सर्वाधिक चार विकेट लिएका थिए ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]