1 year ago
June 17, 2023
एजेन्सी – घरेलु टोली बंगलादेशले एकमात्रै टेस्ट खेलमा अफगानिस्तानलाई ५ सय ४६ रनको विशाल अन्तरले पराजित गरेको छ । जितको लागि ६ सय ६२ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तान १ सय १५ रनमा अल आउट भयो ।
अफगानिस्तका रहमात शाहले सर्वाधिक ३० रन बनाए । कप्तान हश्मातुल्लाह शाहिदीले १३ र करिम जन्नत १८ रनमा आउट भए । अन्य कुनैपनि अफगानी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । तस्किन अहमदले चार र शोरिफुल इस्लामले तीन विकेट लिए ।
बंगलादेशले दोस्रो इनिङमा ४२५–४ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्यो । नाज्मुल हसन शान्टोले १ सय ५१ बलमा १५ चौकासहित १ सय २४ रनको शतकीय इनिङ खेले । मोमिनुल हकले १ सय ४५ बलमा १२ चौका र १ छक्कासति १ सय २१, लिटन दास ६६ र जकिर हसनले ७१ रन बनाए । अफगानिस्तानका जाहिर खानले सर्वाधिक दुई विकेट लिए ।
अफगानिस्तान पहिलो इनिङमा १ सय ४६ रनमा अल आउट भएको थियो । अफगानिस्तानका नासिर जमलले ३५ र अफ्सार जजाईले सर्वाधिक ३६ रन बनाए । बंगलोदशका एबादोत हुसैनले सर्वाधिक चार, शोरिफुल इस्लाम, ताइजुल इस्लाम र मेहदी हसन मिराजले समान दुई विकेट लिए ।
त्यसअघि मिरपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलोदश ३ सय ८२ रनमा अल आउट भएको थियो । बंगलादेशका नाज्मुल हसन शान्टोले १ सय ७५ बलमा २३ चौका र २ छक्कासहित सर्वाधिक १ सय ४६ रन बनाए । दुबै इनिङमा शतक हानेका शान्टो खेलको प्लेयर अफ द म्याच चुनिए । अफगानिस्तानका निजात मसुदले सर्वाधिक पाँच विकेट लिएका थिए ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]