1 year ago
June 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा हङकङ र नेपालबीचको खेल वर्षाको कारण प्रभावित बनेको छ । खेल आज बिहान ६: ४५ मा सुरु हुनुपर्ने थियो । तर वर्षा र झिजेको आउटफिल्डको कारण खेलमा टस पनि हुन सकेको छैन ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित हुँदा भारतसँग वर्षाको कारण अंक बाँडेको थियो । यदि खेल हुन नसकेको खण्डमा नेपालको सेमिफाइनल खेल्ने सम्भावना समाप्त हुनेछ ।
नेपाल २ खेलमा १ मा हार १ खेलमा अंक बाँड्दै तेस्रो स्थानमा छ । भारत र पाकिस्तान भने समान दुई खेलमा एक मा जित र एक खेलमा अंक बाँड्दै ३–३ अंकका साथ शीर्ष र दोस्रो स्थानमा छन् । उता हङकङ भने २ खेलमा एक खेलमा हार र एक खेलमा अंक बाँड्दै १ अंकका साथ पुछारमा छ । भारतको नेटरनरेट ५.४२५ छ । उक्त नेटरनरेट भेटाउन असम्भव जस्तैछ ।
त्यसैले भारतको सेमिफाइनल अनौपचारिकताछ । पाकिस्तानको नेटरनरेट ०.४५० र नेपालको माइनस ०.४५० छ । नेपाल सेमिफाइनलमा पुग्न पहिला शनिबार घरेलु टोली हङकङमाथि विशाल जितको आवश्यक पर्दछ । पाकिस्तानलाई नेटरनरेटमा पछिपार्न सक्नुपर्छ । नेपालको नेटरनरेट माइनसमा हुँदा सामान्य जितले भने पर्याप्त हुनेछैन । यदि हङकङमाथि फराकिलो जित हात पारेको खण्डमा नेपालको भविष्य भारतको हातमा हुनेछ ।
भारत र पाकिस्तानबीच शनिबार दोस्रो खेल हुनेछ । उक्त खेलमा पाकिस्तान विजयी हुँदा नेपालको सम्भावना सकिने देखिन्छ । त्यसैले नेपाललाई पाकिस्तानको हार आवश्यक पर्दछ । पाकिस्तान पराजित हुँदा नेपाल सेमिफाइनलमा पुग्नसक्छ । अथवा नेपाल अन्तिम खेलमा सामान्य अन्तरले विजयी हुँदा र पाकिस्तान भारी अन्तरले पराजित भएमा सेमिफाइनलमा पुग्न सक्छ । नेपाल पराजित भएमा भने स्वत बाहिरिनेछ ।
समूह बी मा बंगलादेश ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । श्रीलंका ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ ।
सेमिफाइनलमा श्रीलंकाले समूह ए को विजेता र बंगलोदशले समूह ए को उपविजेतासँग खेल्नेछ । समूह बी मा युएई ३ खेलमा समान १ मा जित, नजिता विहीन र हारका साथ ३ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । मलेसिया भने ३ खेलमा २ मा हार र १ खेलमा नतिजा विहीन हुँदै बाहिरियो ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]