2 years ago
June 16, 2023
एजेन्सी – आइसिसी एकदिवसीय विश्वकप छनोट आइतबारदेखी जिम्बावेमा सुरु हुँदैछ । १० टोली सहभागी प्रतियोगिताबाट सुपर सिक्स हुँदै शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । समूह ए मा वेस्टइन्डिज, जिम्बावे, नेपाल, नेदरल्यान्ड्स र अमेरिका छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन् ।
यस पटक विश्वकप विजेता श्रीलंका र वेस्टइन्डिजले पनि विश्वकप छनोट खेल्दैछन् । आइसिसी सुपर लिगमा शीर्ष आठमा पर्न नसकेपछि यी दुई देशले छनोट खेल्नु परेको हो । विश्वकप छनोटमा एसोसिएट र टेस्ट गरि केहि सुपर स्टारले खेल्दैछन् । केहि सुपर स्टार यस्ता छन्, जसलाई इन्डियन प्रिमियर लिग(आइपिएल) मा किन्न फ्रेन्चाइज टोलीले २५ करोड रुपैयाँ खर्चिएका छन् ।
हरेक टोली आफ्नो सुपरस्टारबाट खेलमा सधैं उत्कृष्ट प्रदर्शन चाहन्छन् । उनीहरुको प्रदर्शनले टोलीको नतिजामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर पारेको हुन्छ । उक्त सुपरस्टारबाट एसोसिएट खेलाडी सिक्न समेत खोज्नेछन् । विश्वकप छनोट खेल्ने विश्व क्रिकेटका पाँच सुपरस्टार खेलाडी यस प्रकार छन् ।
५.सन्दीप लामिछाने– नेपाल
नेपालका स्पिनर सन्दीप लामिछाने विश्वकप छनोट खेल्ने एसोसिएट क्रिकेटका चर्चित नाम हुन् । २२ वर्षीय सन्दीपले ४३ ओडिआईमा १ सय ४ विकेट लिई सकेका छन् । सन्दीप ओडिआईमा सर्वाधिक छिटो १ सय विकेट पूरा गर्ने बलर हुन् । सन्दीपले यस सफलता ४२ खेलमा हात पारेका थिए । उनले अफगानिस्तानका लेगस्पिनर राशिद खानको ४४ खेलको कीर्तिमान तोड्दै नयाँ इतिहास लेखेका थिए ।
सन्दीपले इन्डियन प्रिमियर लिग (आइपिएल) देखी विश्वका लगभग सबै फ्रेन्चाइज लिग खेलेका छन् । लेगस्पिन र गुगली सन्दीपको हतियार हो । पछिल्लो समय उनले तल्लोक्रममा ब्याटिङमा पनि राम्रो गर्दै आएका छन् ।
सन्दीपले एसोसिएट क्रिकेटमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । नेपालको समूहमा जिम्बावे र वेस्टइन्डिज जस्ता टेस्ट टोली छन् । यी दुई टेस्ट टोलीविरुद्ध सन्दीपको प्रदर्शन धेरैको प्रतीक्षाको रुपमा छ । नेपाललाई सुपर सिक्समा पुग्न सन्दीपको प्रदर्शन धेरै महत्वपूर्ण हुनेछ । टेस्ट टोलीविरुद्ध सन्दीपको परिक्षा समेत हुने देखिन्छ ।
४. जेसन होल्डर– वेस्टइन्डिज
वेस्टइन्डिजका स्टार अलराउन्डर जेसन होल्डर पनि विश्वकप छनोट टोलीमा छन् । विश्वका सबै ठूला फ्रेन्चाइज लिग खेलेका होल्डर तीव्र गतिसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । उनी विश्वका एक स्टार अलराउन्डर हुन् । ३१ वर्षीय होल्डरले वेस्टइन्डिज र फ्रेन्चाइज विदेशी लिगमा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् ।
भरपर्दा होल्डरले वेस्टइन्डिजबाट ६२ टेस्ट, १ सय ३३ ओडिआई र ५१ टि२० आई खेल खेलेका छन् । होल्डरलाई २०२२ को अक्सनमा लखनऊले ८ करोड ७५ लाख भारुमा किनेको थियो । होल्डर आइपिएल लगायत संसारका सबै विदेशी लिगहरुमा पहिलो रोजाईमा खेल्दै आएका छन् । वेस्टइन्डिजलाई विश्वकपमा पुर्याउन होल्डरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।
३.सिकन्दर राजा – जिम्बावे
जिम्बावेका स्टार अलराउन्डर सिकन्दर राजा विश्वकप छनोट खेल्ने अर्का स्टार क्रिकेटर हुन् । राजाले जिम्बावेबाट लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । राजाले स्पिन बलिङ गर्नुको साथै मध्यक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् ।
राजाले जिम्बावेबाट १७ टेस्ट, १ सय २९ ओडिआई र ६६ टि२० आई खेल खेलेका छन् । ओडिआईमा उनले ६ शतक र २० अर्धशतकसहित कुल ३ हजार ७ सय ६४ रन बनाएका छन् ।
गतवर्ष टि२० विश्वकपमा जिम्बावेलाई सुपर १२ मा पुर्याउन राजाले सानदार प्रदर्शन गरेका थिए । पाकिस्तानलाई एक रनले स्तब्ध पार्न राजा प्लेयर अफ द म्याच चुनिएका थिए । उनी आइपिएलमा यसै सिजन पन्जाब किंग्सबाट समेत खेलेका थिए ।
जिम्बावे घरेलु मैदान र कन्डिसनको फाइदा उठाउँदै विश्वकप खेल्न चाहन्छ । २०१८ को विश्वकप छनोटमा सर्वोत्कृष्ट खेलाडी चुनिएका राजा यस पटक पनि नायक बन्नसक्छन् । उनी पनि आफ्नो सानदार अलराउन्ड प्रदर्शनमा वेस्टइन्डिज र श्रीलंका मध्य एक ठूला टोलीलाई पछिपार्दै जिम्बावेलाई विश्वकप खेलाउन चाहन्छन् ।
२. वानिन्दु हसरंगा– श्रीलंका
श्रीलंकाका स्पिनर वानिन्दु हसरंगा वर्तमान समयका एक उत्कृष्ट स्पिनर हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । हसरंगा तल्लोक्रममा त्यतिनै राम्रो ब्याटिङको क्षमता राख्ने गर्दछन् । उनले श्रीलंकाबाट ४ टेस्ट, ४१ ओडिआई र ५८ टि२० आई खेल खेलेका छन् ।
हसरंगा म्याच विनर अलराउन्डर हुन् । उनले आफ्नो उत्कृष्ट प्रदर्शनमा श्रीलंकालाई लगातार अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन् । उनीसँग स्पिनमा धेरै शैलीहरु छ । त्यहिँ उत्कृष्ट प्रदर्शनको कारण विश्व फ्रेन्चाइज लिगमा उनको माग उच्च छ ।
२०२२ को आइपिएलको अक्सनमा रोयल च्यालेन्जर्स बेंगलोरले उनलाई १० करोड ७५ लाख (१७ करोड नेपाली रुपैयाँ) मा किनेको थियो । यस विश्वकप छनोटमा सर्वाधिक विकेट लिनसक्ने बलरको दाबेदारको रुपमा उनी रहेका छन् । श्रीलंका विश्वकपमा पुग्न उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।
१.निकोलस पुरन – वेस्टइन्डिज
वेस्टइन्डिजका विकेटकिपर निकोलस पुरन विश्वकप छनोट खेल्ने स्टार खेलाडी हुन् । वेस्टइन्डिजका पूर्वकप्तान समेत रहेका पुरन विश्व क्रिकेटमै विष्फोटक ब्याटिङ खेल्न बढी मन पराउँछन् । उनले वेस्टइन्डिज र फ्रेन्चाइज लिग दुबैबाट लगातार विष्फोटक ब्याटिङ गर्दै आएका छन् ।
उनको ब्याटिङले धेरै समर्थक मज्जा लिने गर्दछन् । २७ वर्षीय बायाँ हाते ब्याटर पूरन यस प्रतियोगितामा पनि हाबी बन्न सक्ने खेलाडी हुन् । उनको उत्कृष्ट प्रदर्शन बिना वेस्टइन्डिजलाई विश्वकप खेल्न कठिन पर्ने देखिन्छ ।
उनले ५४ टि२० आई र ७५ ओडिआई खेल खेलेका छन् । पुरनलाई यस सिजनको आइपिएलमा लखनऊ सुपर जायन्ट्सले १६ करोड भारु (२५ करोड नेपाली रुपैयाँ) खर्चिएर किनेको थियो ।
यसैले पनि उनको महत्व बुझ्न सकिन्छ । पुरन विश्वकप छनोटमा चौका र छक्काको वर्षा गराउन सक्ने खुबी भएका खेलाडी हुन् । विश्वका सबै स्टार बलरविरुद्ध पूरन हाबी बन्दै आएका छन् । त्यसैले उनले सहज रुपमा रन जोड्न सक्छन् ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]