default_image

2 years ago

June 15, 2023

कुशलको शतकसँगै नेपालको रोमान्चक जित

226 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको शतक, भीम सार्कीको अर्धशतक र सोमपाल कामीको पाँच विकेटको सहयोगमा नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटअघि अभ्यास खेलमा ओमानमाथि २ विकेटको रोमान्चक जित हात पारेको छ ।

जितको लागि २ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको नेपालल ४४.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपाललाई सहज जित दिलाउन ओपनर कुशल भुर्तेलले ९४ बलमा १३ चौका र २ छक्कासहित १ सय १ रनको शतकीय इनिङ खेले । उनी ३१ औं ओभरमा रिटायर्ट आउट हुँदै दीपेन्द्र सिंह ऐरीलाई ब्याटिङको अवसर दिएका थिए ।

दोस्रो विकेटका लागि कुशल भुर्तेल र भीम सार्कीले १ सय १५ रनको सानदार शतकीय साझेदारी गरेका थिए । उनले ९१ बलमा शतक पूरा गरेका थिए । भीम सार्की ७४ बलमा ९ चौकासहित ५६ रनमा क्याच आउट भए ।

नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । आसिफ २४ बलमा २३ रनमा आउट भए । तीव्र गतिका बलर कलिमुल्लाहको बलमा आसिफ आयन खानबाट क्याच आउट भएका थिए । दीपेन्द्रसिंह ऐरी २२ बलमा ४ चौकासहित २६ रनमा आउट भए । कुशल मल्ल १९ बलमा १७ रनमा क्याच आउट भए । कुशल अकिब इलियासको बलमा ठूलो सट खेल्ने धुनमा लङअनमा क्याच आउट हुन पुगेका थिए ।

कप्तान रोहित पौडेल २८ बलमा ३१ रनमा आउट भए । नेपालका सन्दीप लामिछानेले छक्काका साथ खेल सकाएका थिए । ओमानका अकिब इलियासले ७.५ ओभरमा ४२ रन खर्चेर सर्वाधिक चार विकेट लिए । फैज बटले दुई र कलिमुल्लाहले एक विकेट लिए ।

त्यसअघि जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमान ४९.२ ओभरमा २ सय ६७ रनमा अल आउट हुन पुगेको थियो । एक समय ६.२ ओभरमा ७-४ को दयनीय अवस्थामा पुगेको ओमानले खेलमा सानदार पूनरागमन गरेको थियो । ओमानलाई सानदार पूनरागमन गराउन कप्तान जिशान मकसुदले १ सय ६ बलमा १५ चौका र १ छक्कासहित १ सय ९ रनको शतकीय इनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन ।

सातौं विकेटका लागि आयन खान र जिशान मकसूदले १ सय १५ रनको सानदार शतकीय साझेदारी गरेका थिए । आयन खानले ४६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रनको आक्रामक इनिङ खेल्दै २ सय ५० रनको योगफलको आंकडा पूरा गराएका थिए ।

सोमपाले पाँचौं ओभरको पहिलो बलमा ओपनर कश्याप प्रजापतिलाई एक रनमा आउट गरेका थिए । सोमपालको बलमा प्रजापति कट एण्ड बोल्ड आउटको शिकार हुन पुगेका थिए । त्यसको एक बलपछि अर्का ब्याटर अकीब इलियास शून्यमा आसिफ शेखबाट क्याच आउट भए ।

करण केसीको छैटौं ओभरको पाँचौं बलमा अर्का ओपनर जतिन्दर सिंह ५ रनमा क्याच आउट हुन पुगे । सोमपाल कामीले सातौं ओभरको दोस्रो बलमा मोहम्मद नदीमलाई एक रनमा कुशल भुर्तेलबाट क्याच गराएपछि ओमान ७-४ को दयनीय अवस्थामा पुगेको थियो ।

तर पाँचौं विकेटका लागि मकसुद र शोएब खानले ८४ रनको साझेदारी गरेपछि खेलमा ओमान खेलमा पूनरागमन गर्न सफल भएको थियो । शोएब खान सन्दीप लामिछानेको बलमा ठूलो सट खेल्ने धुनमा ३८ रनमा क्याच आउट भएका थिए । उनले ६८ बल खेलेका थिए । प्रतिश जि।सीले सन्दीप गौडलाई १५ रनमा आसिफ शेखबाट क्याच गराए ।

नेपालको जितमा तीव्र गतिका बलर सोमपाल कामीले ९.२ ओभरमा २ मेडनसहित ५७ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । पहिलो अभ्यास खेल खेलेका सन्दीप लामिछानेले १० ओभरमा ६६ रन खर्चेर २ विकेट लिए । करण केसीले ६ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए । प्रतिश जि.सीले ५ ओभरमा १८ रन खर्चेर १ विकेट लिए ।

नेपाल यसअघि अभ्यास खेलमा युएईसँग तीन विकेट, नेदरल्यान्ड्ससँग ५ विकेट र स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । अभ्यास खेलमा लगातार तीन हारपछि नेपालको पहिलो जित समेत हो । योसँगै नेपालको विश्वकप छनोटको सम्पूर्ण तयारी सकिएको छ । अव नेपालले विश्वकप छनोटको पहिलो खेल आइतबार घरेलु टोली जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ ।

विश्वकप छनोट प्रतियोगिता समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन् । प्रतियोगिता असार ३ देखि २४ (जुन १८ देखि जुलाई ९) सम्म जिम्बावेमा हुनेछ ।

नेपालले पहिलो खेल असार ३ मा (जुन १८) मा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ । नेपालले त्यसको एक दिनपछि असार ५ (जुन २०) मा अमेरिकासँग खेल्नेछ । नेपालले असार ७ (जुन २२) मा वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ (जुन २४) मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्समा समूह चरणको अंक पनि गणना हुने भएकाले आफ्नो समूहका टोलीसँग खेल्नु पर्दैन । अन्त्यमा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल ९कप्तान०, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

December 21, 2024

विपिन एनपिएलको उदीयमान खेलाडी

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली याक्सका विपिन शर्मा नेपाल प्रिमियर लिग (एनपिएल) को उदीयमान खेलाडीको अवार्ड जितेका छन् । ट्यालेन्ट हन्टबाट छनोट भएर कर्णालीबाट एनपिएल खेलेका विपिनले ८ खेलमा १३ विकेट लिएका थिए ।

December 21, 2024

दीपेन्द्रले जिते कार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा सर्वोत्कृष्ट हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार पाएका छन् । उत्कृष्ट प्रदर्शनको सहयोगमा टोलीलाई फाइनलसम्म पुर्याउन सफल दीपेन्द्रले प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी भएका हुन् । उनले ओमोडाको ६२ लाख रुपैयाँ मुल्यको‌ कार प्राप्त गरेका हुन्।

December 21, 2024

मिलन्थाको आक्रामक अर्धशतकमा जनकपुर च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लाहिरु मिलन्थाको आक्रामक अर्धशतकमा जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को उपाधि जितेको छ । कीर्तिपुरको टियु मैदानमा शनिवार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले एनपिएलको पहिलो संस्करणको उपाधि जितेको हो। च्याम्पियन जनकपुरले ट्रफी सहित १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो भएको सुदूरपश्चिमले ५१ लाख […]

Success

Thank you for your time.