2 years ago
June 15, 2023
एजेन्सी – नेपालले खेल्ने एसिया कप पाकिस्तान र श्रीलंकामा हुने पक्का भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले बिहीबार एकदिवसीय एसिया कप २०२३ आगमी अगष्ट ३१ देखी १७ सेप्टेम्बरसम्म पाकिस्तान र श्रीलंकामा हुने पक्का भएको जनाएको छ ।
प्रतियोगिताका चार खेल पाकिस्तान र बाँकी ९ खेल श्रीलंकामा हुने एसिसीले जनाएको छ । भारत पाकिस्तान जाने नभएपछि श्रीलंकामा ९ खेल हुने भएका छन् । नेपालले भने पाकिस्तानसँगको खेल पाकिस्तानमै खेल्नेछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।
नेपालले अघिल्लो महिना घरेलु मैदान टियुमा एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउँदै एसिया कपमा स्थान बनाएको थियो । आफ्नो क्रिकेट इतिहासमा नेपालले पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । भारत र पाकिस्तानबीचको आन्तरिक राजनीतक विवादको कारण एसिया कप अन्यौलमा परेको थियो ।
तर पाकिस्तान र श्रीलंकामा हुने सहमती भएकोछ । आयोजक पाकिस्कतानमा भने मात्रै चार खेल हुनेछन् । हरेक समूहबाट शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]