default_image

2 years ago

June 15, 2023

सानदार पूनरागमनसँगै नेपाललाई ओमानको चुनौतीपूर्ण लक्ष्य

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान जिशान मकसुदले शतक र आयन खानको आक्रामक अर्धशतकमा ओमानले आइसिसी विश्वकप एकदिवसीय छनोट अघि अभ्यास खेलमा नेपाललाई २ सय ६८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमान ४९.२ ओभरमा २ सय ६७ रनमा अल आउट भयो ।

ओमान कप्तान जिशान मकसुदले १ सय ६ बलमा १५ चौका र १ छक्कासहित १ सय ९ रनको सानदार शतकीय इनिङ खेले । एक समय ६.२ ओभरमा ७-४ को दयनीय अवस्थामा पुगेको ओमानलाई मकसूदले शतकका साथ खेलमा फर्काएका थिए ।

सातौं विकेटका लागि आयन खान र जिशान मकसूदले १ सय १५ रनको सानदार शतकीय साझेदारी गरेका थिए । आयन खान ४६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रनमा आउट भए । आयन सन्दीप लामिछानेको बलमा रोहित पौडेलबाट क्याच आउट भए । मकसुद सोमपाल कामीको बलमा बोल्ड आउट भए ।

तीव्र गतिका बलर सोमपाल कामीले नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । पाँचौं ओभरको पहिलो बलमा ओपनर कश्याप प्रजापतिलाई एक रनमा आउट गरेका थिए । सोमपालको बलमा प्रजापति कट एण्ड बोल्ड आउटको शिकार हुन पुगेका थिए । त्यसको एक बलपछि अर्का ब्याटर अकीब इलियास अफ साइडको बल एज लागेर विकेटकिपर आसिफ शेखबाट शून्यमा क्याच आउट हुन पुगे ।

करण केसीको छैटौं ओभरको पाँचौं बलमा अर्का ओपनर जतिन्दर सिंह ५ रनमा क्याच आउट हुन पुगे । सोमपाल कामीले सातौं ओभरको दोस्रो बलमा मोहम्मद नदीमलाई एक रनमा कुशल भुर्तेलबाट क्याच गराएपछि ओमान ७-४ को दयनीय अवस्थामा पुगेको थियो । तर पाँचौं विकेटका लागि कप्तान जिशान मकसुद र शोएब खानले ८४ रनको साझेदारी गरेपछि खेलमा फर्किएको थियो ।

शोएब खान सन्दीप लामिछानेको बलमा ठूलो सट खेल्ने धुनमा ३८ रनमा क्याच आउट भएका थिए । उनले ६८ बल खेलेका थिए । प्रतिश जि.सीले सन्दीप गौडलाई १५ रनमा आसिफ शेखबाट क्याच गराए । त्यो समय ओमान ३३.४ ओभरमा ११८-६ को अवस्थामा थियो । त्यसपछि आयन र मकसुदको उत्कृष्ट शतकीय साझेदारीमा ओमान खेलमा फर्किएको थियो ।

नेपालका स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ९.२ ओभरमा २ मेडनसहित ५७ रन खर्चेर ५ विकेट लिए । करण केसीले ६ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए । प्रतिश जि.सीले ५ ओभरमा १८ रन खर्चेर १ विकेट लिए ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.