2 years ago
June 15, 2023
काठमाडौं(हाम्रो खेलकुद) – ओमानका कप्तान जिशान मकसुदले आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट अघि अभ्यास खेलमा नेपालविरुद्ध सानदार शतक प्रहार गरेका छन् । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमान ४४ ओभरमा ६ विकेट गुमाउँदै २सय ४ रन बनाएको छ ।
ओमान कप्तान जिशान मकसुद १ सय बलमा १४ चौका र १ छक्कासहित १ सय रनमा क्रिजमा छन् । एक समय ६.२ ओभरमा ७-४ को दयनीय अवस्थामा पुगेको ओमानलाई खेलमा फर्काउन ओमानका कप्तान मकसूदले सानदार शतक हानेका हुन् । उनले बलमा शतक पूरा गरे । उनलाई आयन खानले ३० बलमा २ छक्कासहित २९ रनमा साथ दिएका छन् ।
तीव्र गतिका बलर सोमपाल कामीले नेपाललाई ड्रिम सुरुवात दिलाएका थिए । पाँचौं ओभरको पहिलो बलमा ओपनर कश्याप प्रजापतिलाई एक रनमा आउट गरेका थिए । सोमपालको बलमा प्रजापति कट एण्ड बोल्ड आउटको शिकार हुन पुगेका थिए । त्यसको एक बलपछि अर्का ओपनर अकिब इलियास अफ साइडको बल एज लागेर विकेटकिपर आसिफ शेखबाट शून्यमा क्याच आउट हुन पुगे ।
करण केसीको छैटौं ओभरको पाँचौं बलमा अर्का ओपनर जतिन्दर सिंह ५ रनमा क्याच आउट हुन पुगे । सोमपाल कामीले सातौं ओभरको दोस्रो बलमा मोहम्मद नदीमलाई एक रनमा कुशल भुर्तेलबाट क्याच गराएपछि ओमान ७-४ को दयनीय अवस्थामा पुगेको थियो । तर पाँचौं विकेटका लागि कप्तान जिशान मकसुद र शोएब खानले ८३ रनको साझेदारी गर्दै राम्रो पूनरागमन गराएका थिए ।
शोएब खान सन्दीप लामिछानेको बलमा ठूलो सट खेल्ने धुनमा ३८ रनमा क्याच आउट भएका थिए । उनले ६८ बल खेलेका थिए । प्रतिश जि.सीले सन्दीप गौडलाई १५ रनमा आसिफ शेखबाट क्याच गराए । त्यो समय ओमान ३३.४ ओभरमा ११८-६ को अवस्थामा थियो ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]