2 years ago
June 13, 2023
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अघि आधिकारीक वार्मअप खेलमा आज युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२: ४५ मा जिम्बावेको हरारेमा सुरु हुनेछ ।
नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले गर्नेछन् । दक्षिण अफ्रिकामा नेपाल अभ्यास खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्स दुबैसँग कमजोर ब्याटिङका कारण पराजित भएको थियो । नेपाल उत्कृष्ट ब्याटिङका साथ आज पहिलो खेल जित्ने सोचमा हुनेछ । वार्मअप खेल हुँदा दुबै टोली बिना दबाब आफ्नो उत्कृष्ट प्लेइङ ११ खोज्ने सोचमा हुनेछन् ।
वेस्टइन्डिजसँग तीन खेलको ओडिआई सिरिज खेलेर युएई जिम्बावे पुगेको छ । त्यसैको कारण युएईको मनोबल उच्च छ । युएईको मध्यक्रम ब्याटिङ कमजोरीको रुपमाछ । तर वेस्टइन्डिजविरुद्ध युवा अलराउन्डर अली नासिरले दुई अर्धशतक प्रहार गर्दै ठूलो आशा र सम्भावना देखाएका छन् । त्यस्तै १७ वर्षीय युवा खेलाडी एथान डी सोल्झामाथि ठूलो आशा गरिएको छ । वेस्टइन्डिजविरुद्ध अन्तिम खेलमा उनले डेब्यू गरेका थिए । रन आउट भएपनि उनले डेब्यू सुरुवात भने चौकाका साथ गरेका थिए ।
उनी ठूलो सम्भावना बोकेका युवा खेलाडी हुन् । वृत्य अरविन्द युएईका प्रमुख ब्याटर हुन् । उनको प्रदर्शन निकै महत्वपुर्ण हुनेछ । वासिमको विकेट निकै महत्वपूर्ण हुन्छ । वासिम टिकेको खण्डमा भने विष्फोटक ब्याटिङ गर्ने गर्दछन् । आसिफ खान र रमिज शाहजाद मध्यक्रमका ब्याटर हुन् । आयन खान तल्लोक्रम सम्हाल्नेछन् । तीव्र गतिका बलरमा जहुर खान, जुनैद सिद्दिक र सन्चित शर्मा हुनेछन् । युएई पछिल्लो समय युवा खेलाडीमा ध्यान दिँदै आएको छ ।
यता नेपाल ओपनर आसिफ शेख र कुशल भुर्तेलबाट राम्रो सुरुवात चाहन्छ । यो अभ्यास खेल हुँदा नेपालले टोलीमा भएका आफ्ना सबै ब्याटरलाई मौका दिनसक्छ । सन्दीप लामिछाने सुरुवाती दुई वार्मअप खेल खेलेका थिएनन् । आज उनी खेल्न सक्छन् । त्यस्तै नेदरल्यान्ड्सविरुद्ध विश्राम पाएका सोमपाल कामी र करण केसीलाई आज खेलाउन सक्छन् ।
रोहित पौडेल, भीम सार्की, आरिफ शेख र दीपेन्द्रलाई विश्वकप छनोट अघि आफ्नो लय समाउने यो राम्रो अवसर समेत हुनेछ । नेपाल जिम्बावेको कन्डिसन अनुसार खेल्न पर्ने हुन्छ । नेपालले आज ब्याटिङमानै ध्यान केन्द्रित गर्नेछ । नेपालले अन्तिम वार्मअप खेल बिहीबार ओमानसँग खेल्नेछ ।
प्रतियोगिता समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन् । प्रतियोगिता असार ३ देखि २४ (जुन १८ देखि जुलाई ९) सम्म जिम्बावेमा हुनेछ ।
शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्समा समूह चरणको अंक पनि गणना हुने भएकाले आफ्नो समूहका टोलीसँग खेल्नु पर्दैन । अन्त्यमा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।
युएईको टोली :
मोहम्मद वासिम (कप्तान), इथान डी सोल्झा, अली नासिर, वृत्य अरविन्द, रमिज शाहजाद, मोहम्मद जवादुल्लाह, आसिफ खान, रोहन मुस्तफा, आयन खान, जुनैद सिद्दिक, जहुर खान, सन्चित शर्मा, अर्यांश शर्मा, कार्तिक मयाप्पन र बासिल हामिद ।
नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा १ परिवर्तन भएको छ । मंगलवार थाइल्याण्डसँगको खेलमा खेलेकी अलिशा कुमारी यादवको स्थानमा सिता राना मगरले मौका पाएकी छिन् । दुवै टोली सिरिजमा तेस्रो […]
February 5, 2025
भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]