1 year ago
June 13, 2023
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले एसिसी एसिसी महिला इमर्जिङ टिम्स टि२० एसिय कपमा आज पाकिस्तान एसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ६ : ४५ मा हङकङको मोंग कोकमा सुरु हुनेछ ।
नेपालको कप्तानी रुविना क्षेत्री बेलबासे र पाकिस्तानको फतिमा सानाले गनेछिन् । भिसाको कारण थाईल्यान्डले सहभागीता जनाउन नपाउने भएपछि नेपालले यस प्रतियोगिता खेल्न लागेको हो । बलियो टोली पाकिस्तानविरुद्ध नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्ने सोचमा हुनेछन् । दुई साता अघि नेपालले मलेसियासँग पाँच खेलको सिरिज ३-२ ले जितेको थियो ।
नेपालको कप्तान रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्माको ब्याटिङ निकै महत्वपूर्ण हुनेछ । यी तीन ब्याटरले सानदार प्रदर्शन गर्नुपर्ने हुन्छ । तीव्र गतिकी बलर अश्मिना कर्माचार्य र कविता कुँवर नेपालका प्रमुख बलर हुन् । नेपालका खेलाडीले फिल्डिङमा विशेष ध्यान दिन आवश्यक देखिन्छ ।
उता पाकिस्तानकी सुपर स्टार फतिमा साना प्रमुख हतियार हुन् । उनले पाकिस्तानको सिनियर टोलीबाट महिला २४ टि२० आई र ३१ डब्लू ओडिआई खेल खेलेकी छिन् । उनले तल्लोक्रममा राम्रो प्रदर्शन गर्नसक्छिन् । उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । नेपालले बिहीबार भारत र शनिबार घरेलु टोली हङकङसँग खेल्नेछ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]