2 years ago
June 10, 2023
एजेन्सी – अष्ट्रेलियाले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतलाई उपाधि जित्न ४ सय ४४ रनको विशाल लक्ष्य दिएको छ । अष्ट्रेलियाले चौथो दिन दोस्रो सेसनमा दोस्रो इनिङ २७०-८ को समयमा समाप्तिको घोषणा गर्यो । पहिलो इनिङमा १ सय ७३ रनले पछि हुँदा समग्रमा ४ सय ४४ रनको विशाल लक्ष्य पाएको हो ।
अष्ट्रेलियाका विकेटकिपर एलेक्स केरी १ सय ५ बलमा ८ चौकासहित सर्वाधिक ६६ रनमा नटआउट रहे । मिचेल स्टार्क ५७ बलमा ७ चौकासहित ४१ रनमा आउट भए । सातौं विकेटका लागि केरी र स्टार्कले ९३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । मार्नस लाबुसेन १ सय २६ बलमा ४१ र क्यामरन ग्रीन २५ रनमा आउट भए ।
ओपनर डेविड वार्नर १, उस्मान खवाजा १३, स्टिभ स्मिथ ३४ र ट्रविस हेड १८ रनमा आउट भए । भारतका रविन्द्र जडेजाले सर्वाधिक तीन विकेट लिए । मोहम्मद शामी र उमेश यादवको नाममा समान दुई विकेट रह्यो ।
भारत पहिलो इनिङमा २ सय ९६ रनमा अल आउट भएको थियो । भारत समग्रमा पहिलो इनिङमा १ सय ७३ रनले पछि परेको थियो । भारतको लागि अनुभवी ब्याटर अजिंक्या रहाणेले १ सय २९ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ८९ रनको योगदान दिए । शार्दुल ठाकुर १ सय ९ बलमा ६ चौकासहित ५१ रनमा आउट भए ।
सातौं विकेटका लागि रहाणे र ठाकुरले १ सय ९ रनको शतकीय साझेदारी गरेका थिए । रविन्द्र जडेजा ५१ बलमा ७ चौका र १ छक्कासहित ४८, रोहित शर्मा १५, शुभमन गिल १३, विराट कोहली र चेतेश्वर पुजारा समान १४ रनमा आउट भए ।
अष्ट्रेलियाका प्याट कमिन्सले सर्वाधिक तीन विकेट लिए । मिचेल स्टार्क, क्यामरन ग्रीन र स्कट बोलान्डले समान दुई विकेट लिए । नाथन लायनले एक विकेट लिए ।
त्यसअघि इंग्ल्यान्डको द ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया पहिलो इनिङमा ४ सय ६९ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका मध्यक्रमका ब्याटर ट्रविस हेडले १ सय ७४ बलमा २५ चौका र १ छक्कासहित सर्वाधिक १ सय ६३ रनको सानदार शतकीय इनिङ खेले ।
हेड मोहम्मद शिराजको बलमा लेग साइडको बलमा एज लागेर विकेटकिपर के एस भरतबाट क्याच आउट भए । स्टिभ स्मिथ २ सय ६८ बलमा १९ चौकासहित १ सय २१ रनमा आउट भए । स्मिथ शार्दुल ठाकुरको बलमा बोल्ड आउट भए । चौथो विकेटका लागि स्मिथ र हेडले ४ सय ८ बलमा २ सय ८५ रनको सानदार दोहोरो शतकीय साझेदारी गरेपछि अष्ट्रेलियाले विशाल योगफल बनाएको थियो ।
विकेटकिपर एलेक्स केरी ६९ बलमा ७ चौका र १ छक्कासहित ४८ रनमा आउट भए । ओपनर डेविड वार्नर ६० बलमा ८ चौकासहित ४३, उस्मान खवाजा डक, मार्नस लाबुसेन २६, क्यामरन ग्रीन ६ र प्याट कमिन्स ९ रनमा आउट भए । भारतका मोहम्मद शामीले सर्वाधिक चार विकेट लिए । मोहम्मद शामी र शार्दुल ठाकुरको नाममा दुई दुई विकेट रह्यो ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]