1 year ago
June 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्सलाई १ सय ५७ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ३६.५ ओभरमा १ सय ५६ रनमा अल आउट भयो ।
नेपालका कप्तान रोहित पौडेलाले ४१ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३० रनको योगदान दिए । रोहित स्पिनर शरिज अहमदको १८ औं ओभरको पहिलो बलमा फस्ट स्लिपमा क्याच आउट हुन पुगेका थिए । त्यस्तै गुलशन झा ३२ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा आउट भए ।
नेपालले पहिलो ओभरको पाँचौं बलमा ओपनर आसिफ शेखलाई चार रनमा गुमाएको थियो । तीव्र गतिका बलर लोगन भान बीकको बलमा आसिफ विकेटकिपर क्रोशबाट क्याच आउट हुन पुगे ।
नेपालले दोस्रो विकेट अर्जुन साउदलाई तेस्रो ओभरमा गुमाएको थियो । बीककै बलमा अर्जुन साउद चार रनमा क्याच आउट भएका थिए । कुशल भुर्तेल रायन क्लेनको चौथो ओभरको चौथो बलमा ९ रनमा एलबीडब्लू आउट भए ।
बीकले सातौं ओभरको दोस्रो बलमा दीपेन्द्रलाई बोल्ड आउट गरे । दीपेन्द्रले १२ बलमा एक चौकासहित ६ रन बनाए । दीपेन्द्र आउट हुँदा नेपाल ६.३ ओभरमा २८–४ को दयनीय अवस्थामा पुगेको थियो ।
भीम र रोहितले पाँचौं विकेटका लागि ३० रनको साझेदारी गरेका थिए । भीम दुर्भाग्य रुपमा १० रनमा रन आउट हुँदै पेभेलिएन फर्किनु पर्यो । रोहितले हानेको बल नन स्ट्राइकमा नेदरल्यान्ड्सका बलरलाई हातमा लाग्दै स्टम्पमा लागेपछि केहि अघि बढेका भीम रन आउटको किशार हुन पुगेका थिए ।
आरिफ शेख ३५ बलमा २ चौकासहित १८ रनमा आउट भए । प्रतिश जि.सी २१ बलमा २ छक्कासहित १९ रनमा क्याच आउट भए । अन्तिम विकेटको रुपमा सोमपाल कामी ३६ बलमा २ चौकासहित १८ रनमा आउट भए ।
नेदरल्यान्ड्सका तीव्र गतिका बलर लोगन भान बिकले ७ ओभरमा २६ रन खर्चेर सर्वाधिक पाँच विकेट लिए । काउन्टीको कारण नेदरल्यान्ड्सका पहिलो रोजाईका बलर भने टोलीमा छैनन् । तरपनि नेपालविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]