default_image

1 year ago

June 9, 2023

भारतविरुद्ध अष्ट्रेलियाको विशाल अग्रता

78 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतविरुद्ध विशाल अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिँदा अष्ट्रेलिया दोस्रो इनिङमा २ सय ९६ रनको विशाल अग्रताका साथ मजबुत योगफलमा पुगेको छ ।

अष्ट्रेलिया दोस्रो इनिङमा १२३-४ अवस्थामा तेस्रो दिनको खेल सकिएको छ । अष्ट्रेलिया मार्नस लाबुसेन १ सय १८ बलमा ४ चौकासहित ४१ रनमा नट आउट छन् । उनलाई क्यामरन ग्रीनले ७ रनमा साथ दिनेछन् ।

तीव्र गतिका बलर मोहम्मद शिराजको चौथो ओभरको तेस्रो बलमै ओपनर डेविड वार्नर एक रनमा विकेटकिपर केएस भरतबाट क्याच आउट भए । उमेश यादवकै बलमा उस्मान खवाजा १३ रनमा भरतबाट क्याच आउट हुन पुगे ।

पहिलो इनिङमा सानदार शतक हानेका स्टिभ स्मिथ र ट्रविस हेड रविन्द्र जडेजाको बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट भए । स्मिथ ४७ बलमा ३ चौकासहित ३४ रनमा शार्दुल ठाकुरबाट क्याच आउट भए । हेड २७ बलमा २ छक्कासहित १८ रनमा कट एण्ड बोल्ड आउट भए ।

भारत पहिलो इनिङमा २ सय ९६ रनमा अल आउट हुन पुग्यो । भारत समग्रमा पहिलो इनिङमा १ सय ७३ रनले पछि परेको थियो । भारतको लागि अनुभवी ब्याटर अजिंक्या रहाणेले १ सय २९ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ८९ रनको योगदान दिए ।

तीव्र गतिका बलर प्याट कमिन्सको बलमा रहाणे क्यामरन ग्रीनबाट एक हातले उत्कृष्ट क्याच हुँदै पेभेलिएन फर्केका थिए । शार्दुल ठाकुर १ सय ९ बलमा ६ चौकासहित ५१ रनमा आउट भए ।

सातौं विकेटका लागि रहाणे र ठाकुरले १ सय ९ रनको शतकीय साझेदारी गरेका थिए । रविन्द्र जडेजा ५१ बलमा ७ चौका र १ छक्कासहित ४८, रोहित शर्मा १५, शुभमन गिल १३, विराट कोहली र चेतेश्वर पुजारा समान १४ रनमा आउट भए ।

अष्ट्रेलियाका प्याट कमिन्सले सर्वाधिक तीन विकेट लिए । मिचेल स्टार्क, क्यामरन ग्रीन र स्कट बोलान्डले समान दुई विकेट लिए । नाथन लायनले एक विकेट लिए ।

त्यसअघि इंग्ल्यान्डको द ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया पहिलो इनिङमा ४ सय ६९ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका मध्यक्रमका ब्याटर ट्रविस हेडले १ सय ७४ बलमा २५ चौका र १ छक्कासहित सर्वाधिक १ सय ६३ रनको सानदार शतकीय इनिङ खेले ।

हेड मोहम्मद शिराजको बलमा लेग साइडको बलमा एज लागेर विकेटकिपर के एस भरतबाट क्याच आउट भए । स्टिभ स्मिथ २ सय ६८ बलमा १९ चौकासहित १ सय २१ रनमा आउट भए । स्मिथ शार्दुल ठाकुरको बलमा बोल्ड आउट भए । चौथो विकेटका लागि स्मिथ र हेडले ४ सय ८ बलमा २ सय ८५ रनको सानदार दोहोरो शतकीय साझेदारी गरेपछि अष्ट्रेलियाले विशाल योगफल बनाएको थियो ।

विकेटकिपर एलेक्स केरी ६९ बलमा ७ चौका र १ छक्कासहित ४८ रनमा आउट भए । ओपनर डेविड वार्नर ६० बलमा ८ चौकासहित ४३, उस्मान खवाजा डक, मार्नस लाबुसेन २६, क्यामरन ग्रीन ६ र प्याट कमिन्स ९ रनमा आउट भए ।
भारतका मोहम्मद शामीले सर्वाधिक चार विकेट लिए । मोहम्मद शामी र शार्दुल ठाकुरको नाममा दुई दुई विकेट रह्यो ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.